काठमाडौं जाने पूर्वको प्रमुख नाका अहिले सुनसान

Author

सजिलो पत्रिका

२०८२ माघ ०४, आइतबार

41
Share
Featured
  • रामेछापको साँघुटार बजार पहिले काठमाडौं जाने प्रमुख नाका भएर व्यस्त थियो, तर सडक सञ्जाल विस्तार र समय परिवर्तनसँगै अहिले सुनसान भएको छ।
  • करिब एक सय वर्ष पुरानो ऐतिहासिक बजारमा ढुङ्गा–माटोले बनेका चार तले घरहरू छन्, जसमा स्थानीय र नेवार समुदायले व्यापार गर्दै आएका थिए।
  • बजारको मौलिकता र ऐतिहासिक घरहरू संरक्षण गर्न विशेष कार्यक्रम आवश्यक छ, नभए यसको पहिचान माटोमा मिसिन सक्ने खतरा छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

एक समय काठमाडौं जाने पूर्वको प्रमुख नाकाको रूपमा रहेको रामेछापको पुरानो बजार साँघुटार अहिले सुनसान भएको छ ।

लिखु खोला किनारस्थित यो बजार पूर्वको ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु र भोजपुर क्षेत्रका मानिसहरूको काठमाडौं आउजाउ गर्ने मुख्य नाका थियो । तर सडक सञ्जाल विस्तार र समय परिवर्तन सँगै साँघुटार बजारको चहलपहल घट्दै गएको छ।

विसं १९६० मा सुरु भई १९६५ सालतिर साँघुटारबाट ओखलढुङ्गा तर्न लिखु खोलामा झोलुङ्गे पुल बनेपछि यहाँको आवतजावत बढ्नेको थियो । पुल तरेर पूर्व जाने मानिसहरूको आउजाउ बढेपछि साँघुटारमा एक स्थानीयले नाङ्ले पसल सुरु गरेका स्थानीय हीरा उदास बताउँछन्। पछि १९८५ सालदेखि नेवार समुदाय र भक्तपुरबाट आएका भदौकाजीहरूले यहाँ पसल सुरु गरेका थिए ।

हजुबा पुस्ताले सुरु गरेको साँघुटारको व्यापार अहिले नाति र पनाति पुस्ताले धानी रहेका छन् । तर कुनै समय भ्याइनभ्याइ हुने बजारको व्यापार अहिले सुनसान छ ।

साँघुटार बजार ऐतिहासिक बजारको रूपमा चिनिन्छ। करिब एक सय वर्ष पुरानो यो बजारमा ढुङ्गा माटोले बनेका अग्ला घरहरू देखिन्छन्। यस्ता घरहरू चार तले निर्माणका छन् र अहिले बाहिरबाट सिमेन्टले पोतिएको अवस्थामा छन्। बजार क्षेत्रमा क्रमशः नयाँ सिमेन्टका घर बन्न थालेका छन्।

ऐतिहासिक महत्वका यी घरहरू विस्तारै भत्कँदै र माटोमा मिल्दै जाने क्रम बढ्दै गएको छ । यो बजारलाई साना सहरको रूपमा विकास गर्न सके मौलिकताको संरक्षण र गाउँबाट सहर पलायनलाई पनि रोक्न सकिने अवस्था छ ।

स्थानीय र पुरातात्विक हिसाबले महत्त्वपूर्ण यी पुराना घर र साँघुटारको मौलिकता संरक्षण गर्न पुराना घर संरक्षण कार्यक्रम आवश्यक रहेको स्थानीयहरू बताउँछन्। अन्यथा यो बजारको ऐतिहासिक पहिचान माटोमा मिसिने खतरा रहेको उनीहरूको भनाइ छ।

यो समाचारमा

काठमाडौँभक्तपुर

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...