विमति अन्त्य गरौँ, देउवा संरक्षक बन्नुहोस्-सभापति थापा

Author

सजिलो पत्रिका

२०८२ माघ ०३, शनिबार

52
Share
Featured
  • गगन थापाले पार्टीभित्रका सबै विमति अन्त्य गरी एकताबद्ध हुन आह्वान गरेका छन्।
  • उनले शेरबहादुर देउवा, शेखर कोइराला र पूर्णबहादुर खड्कालाई अभिभावक/संरक्षकको भूमिका खेलेर विवाद रोक्न आग्रह गरेका छन्।
  • केही दिनमै सबै पक्षसँग छलफल गरी पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगन थापाले पार्टीभित्र देखिएका सबै विमतिलाई तत्काल अन्त्य गर्दै एकताबद्ध हुन आह्वान गरेका छन् । शनिबार केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निवर्तमान सभापति शेर बहादुर देउबालाई अभिभावक र संरक्षकको भूमिका निर्वाह गर्न आग्रह गरे ।

"पार्टीका सबै साथीहरू एक ठाउँमा जम्मा होऔँ । निवर्तमान सभापति शेरबहादुर देउवाले देशभरिका साथीहरूलाई 'अब यो (विवाद) रोक' भनेर भनिदिनुपर्छ," थापाले भने । उनले वरिष्ठ नेता शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट पनि यस्तै भूमिकाको अपेक्षा गरेको बताए ।

सभापति थापाले केही दिनभित्रै सबै पक्षसँग बसेर आगामी निर्णय लिइने र पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

निर्वाचन आयोगले शुक्रबार गगन थापा नेतृत्वको समितिलाई नै आधिकारिकता दिएपछि निवर्तमान कार्यवाहक सभापति खड्काले आपत्ति जनाउँदै राजनीतिक र कानुनी लडाइँ लड्ने बताएका थिए ।

यो समाचारमा

गगन थापानिर्वाचन आयोगकाठमाडौँशेर बहादुर देउबा
नेपाली काँग्रेस4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...