अमेरिकाले पाखा लगाए पनि 'उपयुक्त समयमा' राष्ट्रपति बन्छु- मारिया मचाडो

Author

सजिलो पत्रिका

२०८२ माघ ०३, शनिबार

47
Share
Featured
  • मारिया कोरिना मचाडोले उपयुक्त समय आएपछि भेनेजुएलाको पहिलो महिला राष्ट्रपति बन्ने दाबी गरेकी छन्।
  • अमेरिकाले अन्तरिम राष्ट्रपतिका रूपमा डेल्सी रोड्रिगेजलाई समर्थन गरे पनि आफूलाई जनताको मत रहेको उनको भनाइ छ।
  • मचाडोले हालै ट्रम्पलाई नोबेल शान्ति पुरस्कारको पदक प्रदान गरेकी थिइन् भने रोड्रिगेजले अमेरिकासँग कूटनीतिक रूपमा सामना गर्ने बताएकी छन्।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले अमेरिकाले आफूलाई पाखा लगाए पनि 'उपयुक्त समय आएपछि' देशको पहिलो महिला राष्ट्रपति बन्ने दाबी गरेकी छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले निकोलस मादुरो अपदस्थ भएपछि अन्तरिम राष्ट्रपतिका रूपमा डेल्सी रोड्रिगेजलाई समर्थन गरेका छन् । तर, मचाडोले आफूसँग जनताको मत रहेको र देशको सेवा गर्न चाहेको बताएकी छन् ।

"मलाई विश्वास छ, म सही समय आएपछि भेनेजुएलाको पहिलो महिला राष्ट्रपतिका रूपमा निर्वाचित हुनेछु," मचाडोले 'फक्स न्युज' सँगको अन्तर्वार्तामा भनिन् ।
यसअघि बिहीबार, मचाडोले ट्रम्पलाई आफ्नो नोबेल शान्ति पुरस्कारको पदक प्रदान गरेकी थिइन् । "उहाँ (ट्रम्प) यसको लागि योग्य हुनुहुन्छ," उनले भनिन्, "यो भेनेजुएलाका जनताको तर्फबाट हो ।"

यता, अमेरिका समर्थित अन्तरिम राष्ट्रपति रोड्रिगेजले भने आफूहरू अमेरिकासँग कूटनीतिक रूपमा सामना गर्न नडराउने बताएकी छन् ।

यो समाचारमा

काठमाडौँभेनेजुएलाडोनाल्ड जोन ट्रम्प

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अमेरिकी आक्रमणपछि इरान कमजोर बनेको ट्रम्पको दाबी, खाडी राष्ट्रसँग मागे सुरक्षा क्षतिपूर्ति

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै हुने अन्तर्राष्ट्रिय समुद्री यातायातको सुरक्षा सुनिश्चित गर्न अमेरिकाले निर्वाह गरिरहेको भूमिकाको आर्थिक प्रतिफल खाडी राष्ट्रहरूले तिर्नुपर्ने बताएका छन् । साथै, हालैको अमेरिकी सैन्य कारबाहीपछि इरानको सैन्य क्षमता व्यापक रूपमा कमजोर बनेको दाबी गर्दै उनले तेहरानलाई केही महिनाअघिको अवस्थाबाट निकै पछाडि धकेलिएको

    Data is loading...

    Loading brands...

    Loading footer...