१२ दिनसम्म हाम्रो पार्टी कोमामा बस्यो, अहिले झन उर्जाशिल भएर निस्केको छ :अध्यक्ष घिसिङ

Author

सजिलो पत्रिका

२०८२ माघ ०२, शुक्रबार

46
Share
Featured
  • उज्यालो नेपाल पार्टी अध्यक्ष कुलमान घिसिङले रास्वपासँगको एकता प्रयासका कारण पार्टी १२ दिनसम्म “कोमामा” परेको तर अहिले अझै सफा, शुद्ध र ऊर्जाशील बनेर अघि बढेको बताएका छन्।
  • उनले षड्यन्त्रपूर्वक समानुपातिक उम्मेद्वार दर्ताबाट बञ्चित गरिएको आरोप लगाउँदै २०–२५ लाख मत आउने दाबीका साथ उम्मेद्वारी दर्ता गर्न नदिए आन्दोलन गर्ने चेतावनी दिएका छन्।
  • अब पार्टी कहिल्यै नझुक्ने, कुनै पार्टीसँग एकीकरण नगर्ने र उज्यालो नेपाल पार्टीलाई देशकै नम्बर एक तथा विश्वासिलो पार्टी बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जनताको ठूलो लहर र विश्वासकासाथ अगाडि बढेको पार्टी १२ दिनसम्म कोमामा बस्नुपरेको बताएका छन् ।

शुक्रबार पार्टीले आयोजना गरेको उज्यालो जम्काभेट कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकतालाई लक्षित गर्र्दै १२ दिनसम्म अध्यारो सुरुङमा बसेको पार्टी अहिले झन् सफा, सुद्द र उर्जाशिल भएर निस्केको बताए ।

उनले भने,‘उज्यालो पार्टी गठन भएको एकदमै छोटो समयमा धेरै अगाडि बढेको अवस्था थियो । जनताको ठूलो लहर र ठूलो विश्वासकासाथ अगाडि बढेको पार्टी करिब १२ दिनको कोमामा बस्नुपर्यो । १२ दिन हामी एउटा अध्यारो सुरुङभित्र छिर्नुपर्ने अवस्था आयो । त्यो अध्यारो सुरुङभित्र १२ दिनसम्म बस्दा हामीले धेरै ठूलो क्षति व्यहोर्न पर्यो । आज त्यो हिलोबाट हामी सफा, शुद्ध र उर्जाशिल भएर निस्केका छौं । ’

त्यस्तै उनले आफूहरुलाई षड्यन्त्रपूर्वक ढंगले समानुपातिक उम्मेद्वारसम्म राख्न बन्चित गराइएको आरोप लगाए । २० देखि २५ लाख समानुपातिक मत आउने दाबी गर्दै उनले उम्मेद्वारी दर्ता गर्न पाउने व्यवस्थाको लागि माग गरे ।

‘हामीलाई षड्यन्त्रपूर्वक ढंगले जुन हिसाबले हामीलाई भर्खर जन्मेको पार्टीले समानुपातिक उम्मेद्वारसम्म राख्न बन्चित गाराइयो । त्यो हाम्रो गम्भीर आपत्तिको विषय छ । अहिले पनि हामी माग गर्छौं, उम्मेद्वारी दर्ता गर्न दिनुपर्छ । यसमा जोडदार माग गर्छु । हामीलाई उम्मेद्वारी दर्ता गर्न नदिने हो भने आगामी दिनमा आन्दोलन पनि गर्नेछौं । हाम्रो २० देखि २५ लाख समानुपातिक मत आउँछ भन्ने आँकलन छ ।’

त्यस्तै अध्यक्ष घिसिङले अब उज्यालो नेपाल पार्टी कहिल्यै पनि नझुक्ने दाबी गरे । पार्टीलाई देशकै नम्बर वान बनाउने बताउँदै उनले विश्वासिलो पार्टीको रुपमा उभिने पनि विश्वास व्यक्त गरे ।

उनले भने,‘अब उज्यालो नेपाल पार्टी कहिल्यै पनि झुक्दैन । कहिल्यै कुनै पार्टीसँग एकीकरण र मर्जर भन्ने हुँदैन । तर हाम्रो पार्टीसँग आवद्ध हुन आउँछ भने आव्हान गछौं । यो पार्टीलाई देशकै नम्बर वान बनाउने छौं । उज्यालो नेपाल पार्टी एउटा विश्वासिलो पार्टीको रुपमा उभिने छ ।’

यो समाचारमा

उज्यालो नेपाल पार्टीकाठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीकुलमान घिसिङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    काठमाडौँमा ९३ मिलिमिटर वर्षा, मकवानपुर र म्याग्दीमा वर्षियो सबैभन्दा धेरै पानी

    काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा मात्रै वर्षा भएको जनाउँदै अन्य प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको उल्लेख गरेको छ ।ती क्षेत्रहरूमध्ये केही ठाउँमा भारीदेखि अति भारीसम्म वर्षा भएका छन् भने केही

    Data is loading...

    Loading brands...

    Loading footer...