सञ्चारमन्त्री खरेल र बागमती प्रदेश सांसद श्रेष्ठबीच भेटवार्ता

Author

सजिलो पत्रिका

२०८२ माघ ०२, शुक्रबार

94
Share
Featured
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र बागमती प्रदेश सांसद रामेश्वर श्रेष्ठबीच आगामी निर्वाचन, विकास निर्माण र समसामयिक विषयमा भेटवार्ता भयो।
  • सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य बलियो बनाउँदै विकासलाई प्रभावकारी बनाउने समझदारी कायम भएको छ।
  • फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफल बनाउन सरकार र राजनीतिक दलहरूले तयारी तीव्र पारेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलबागमती प्रदेशका सांसद रामेश्वर श्रेष्ठबीच भेटवार्ता भएको छ ।

बिहीबार ललितपुरको महालक्ष्मी नगरपालिका, ललितपुरका टिकाथलीस्थित निवासमा भएको भेटमा आगामी निर्वाचन र विकास निर्माणलगायत समसामयिक विषयमा कुराकानी भएको सञ्चारमन्त्री खरेलले जानकारी दिए ।

सङ्घ प्रदेश र स्थानीय तहको बलियो समन्वय र सहकार्यलगायत विषयमा पनि उनीहरुबीच छलफल भएको छ । विकास निर्माणको कामलाई प्रभावनकारी बनाउदै जनताको आकांक्षालाई पुरा गर्न लागिपर्ने समझदारी बनेको छ ।

सञ्चारमन्त्री खरेलले पछिल्लो समय निर्वाचनको वातावरण बनाउनका लागि ठूला राजनीतिक दलका शीर्ष नेताहरुसँग एकपक्षीय र बहुपक्षीय भेटवार्ता गरिरहेका छन् ।

उनले प्रदेशका मूख्यमन्त्रीदेखि विभिन्न मन्त्रीहरुसँग पनि चरणवद्ध भेटवार्ता र विकास निर्माणलगायत समसामयिक विाषयमा छलफल गरिररहेका छन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई सफल बनाउन सरकारकोतर्फबाट सबैखाले तयारी भएको छ । राजनीतिक दलहरुले पनि निर्वाचनको तयारी र निर्वाचनसम्बन्धी गतिविविधिलाई तीब्रता दिएका छन् ।

यो समाचारमा

महालक्ष्मी नगरपालिका, ललितपुरकाठमाडौँललितपुरजगदीश खरेल
बागमती प्रदेश4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...