बंगाल ट्राभल मार्ट २०२६ मा नेपाल पर्यटन बोर्डलाई ‘पूर्वी हिमालयको पर्यटन निवास’ पुरस्कार

Author

सजिलो पत्रिका

२०८२ माघ ०१, बिहिबार

78
Share
Featured
  • नेपाल पर्यटन बोर्ड (एनटीबी) लाई सिलिगुडीको बंगाल ट्राभल मार्ट २०२६ मा ‘पूर्वी हिमालयको पर्यटन निवास’ पुरस्कार प्रदान गरिएको छ।
  • मार्टमा नेपालका ट्राभल कम्पनी र कोशी–मधेश प्रदेशका प्रतिनिधिहरूले भारत, भुटान र बंगलादेशका खरीददारसँग व्यावसायिक अन्तरक्रिया गर्दै पर्यटन प्याकेज, सेवा र गतिविधि प्रस्तुत गरे।
  • कार्यक्रममा कोशी भ्रमण वर्ष र २०८३ मधेश भ्रमण वर्षको जानकारी दिइएको थियो र ‘नेपाल रात्रि सांस्कृतिक कार्यक्रम’ मार्फत नेपालको प्रमुख पर्यटन आकर्षण र सांस्कृतिक विशेषताबारे प्रस्तुति गरिएको थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल पर्यटन बोर्ड (एनटीबी) लाई भारतको सिलिगुडीमा आयोजना भएको बंगाल ट्राभल मार्ट (बीटीएम्) २०२६ को नवौं संस्करणमा प्रतिष्ठित ‘पूर्वी हिमालयको पर्यटन निवास’ पुरस्कार प्रदान गरिएको छ। जनवरी ९ देखि ११, २०२६ सम्म सिलिगुडीस्थित द सिन्ड्रेला होटलमा आयोजित मार्टमा उक्त सम्मान प्रदान गरिएको हो।

यो पुरस्कारले पूर्वी हिमालय क्षेत्रमा नेपाललाई एक अनुभवात्मक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न नेपाल पर्यटन बोर्डले गर्दै आएको निरन्तर प्रयासलाई मान्यता दिएको बोर्डले जनाएको छ।

पूर्वी हिमालय ट्राभल एण्ड टुर अपरेटर्स एसोसिएसन (इएचटीटीओए) द्वारा आयोजित मार्टमा नेपाल पर्यटन बोर्डका साथै नेपालका ट्राभल ट्रेड कम्पनीहरू र कोशी तथा मधेश प्रदेशका पर्यटन क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बंगाल ट्राभल मार्ट पूर्वी भारतकै महत्वपूर्ण पर्यटन व्यापार मेला मानिन्छ, जहाँ भारत, नेपाल, भुटान र बंगलादेशका पर्यटन सरोकारवाला, खरीददार, विक्रेता तथा मिडियाबीच अन्तरक्रिया हुने गर्दछ।

तीनदिने मार्ट अवधिमा नेपालका प्रदर्शकहरूले पश्चिम बंगालका यात्रु लक्षित पर्यटन प्याकेज, सेवा तथा गतिविधिहरू प्रस्तुत गरेका थिए। यसले भारत र भुटानका खरीददारहरूसँग व्यावसायिक सम्बन्ध विस्तार गर्न महत्वपूर्ण अवसर प्रदान गरेको एनटीबीले जनाएको छ।

मार्ट अवधिभर एनटीबी स्टलमा रहेका कर्मचारीहरूले आगन्तुकहरूलाई विशेषगरी कोशी र मधेश प्रदेशका नयाँ पर्यटन उत्पादनहरूबारे जानकारी दिएका थिए। यात्रु सूचना सामग्री, नक्सा, पोस्टर तथा स्मृति चिन्हसमेत वितरण गरिएको थियो।

नेपाल पर्यटन बोर्डको प्रतिनिधित्व वरिष्ठ निर्देशक मणिराज लामिछाने, वरिष्ठ प्रबन्धक खड्ग विक्रम शाह र सहायक कर्मचारी सुरेन्द्र सिंह लामाले गरेका थिए।

मार्ट सुरु हुनुअघि जनवरी ७ मा वरिष्ठ निर्देशक लामिछानेले सिलिगुडी पत्रकार क्लबमा आयोजित पत्रकार सम्मेलनमार्फत स्थानीय सञ्चारमाध्यमलाई जानकारी गराएका थिए।

निर्देशक लामिछानेले नेपालका पर्यटन उत्पादनबारे प्रकाश पार्दै कोशी प्रदेशमा चलिरहेको ‘कोशी भ्रमण वर्ष’ र २०८३ मा आयोजना हुने ‘मधेश भ्रमण वर्ष’ को सन्दर्भ उल्लेख गर्दै नेपाल भ्रमणका लागि निमन्त्रणा समेत दिए।

त्यस्तै, भारतीय पर्यटक र मिडियालाई लक्षित गर्दै ‘नेपाल रात्रि सांस्कृतिक कार्यक्रम’ आयोजना गरिएको थियो। कार्यक्रममा वरिष्ठ प्रबन्धक शाहले पश्चिम बंगाल, कोशी प्रदेशमधेश प्रदेशको भौगोलिक तथा सांस्कृतिक सामीप्यलाई उजागर गर्दै नेपालका प्रमुख पर्यटन आकर्षण र गतिविधिबारे प्रस्तुति दिएका थिए।

यो समाचारमा

काठमाडौँमधेश प्रदेशनेपाल पर्यटन बोर्डकोशी प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...