जनताको विश्वास जित्न सबैलाई उचित तरिकाले सम्बोधन गर्नुपर्छ : माधव नेपाल

Author

सजिलो पत्रिका

२०८२ पुस ३०, बुधबार

72
Share
Featured
  • सहसंयोजक माधवकुमार नेपालले सबैलाई समेटेर उचित तरिकाले अघि बढे जनताको विश्वास जित्न सकिने बताए।
  • पार्टीलाई सिंगो नेपालको एकताको अभियन्ताका रूपमा विकास गर्नुपर्नेमा जोड।
  • संविधान, संघीयता र गणतन्त्र संकटमा रहेको भन्दै पुराना दल–नेताविरुद्धको नकारात्मक प्रचारको सामना गर्नुपर्ने धारणा।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले सबैलाई उचित तरिकाले सम्बोधन गरेर अगाडि बढ्न सके जनताको विश्वास जित्न सक्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित पार्टी समायोजन कार्यक्रममा बोल्दै उनले सबैको साझा भएर मन जितेर अगाडि बढ्नुपर्ने भन्दै पार्टीलाई सिंगो नेपालको एकताको एउटा अभियन्ताका रुपमा अगाडि बढाउनुपर्ने बताए ।

उनले भने, ‘हामी एकल काँटे भएर जाने होइन, सबैको साझा भएर मन जितेर अगाडि बढ्ने हो । सबैलाई उचित तरिकाले सम्बोधन गरेर अगाडि बढ्न सक्यौँ भने हामी नेपाली जनताको विश्वास जित्न सक्छौँ । सिंगो नेपालको एकताको एउटा अभियन्ता भएर अगाडि बढ्न सक्छौँ ।’

यस्तै, उनले पुराना दल र नेताप्रति नकारात्मक अभियान चलाइएको भन्दै त्यसको सामना गर्न पनि आवश्यक भएको बताए । मुलुकको संविधान, संघीयता र गणतन्त्र संकटमा परेको पनि उनको भनाई छ ।
उनले भने, ‘अहिले पनि मुलुकले संकटको सामना गरेको छ । यस्तो बेला मुलुकको संविधान र संघीयता के हुने हो, गणतन्त्रको अवस्था के हुने हो भन्ने चिन्ता व्याप्त थियो । अहिले पनि पुराना दल भनेर, पुराना नेता भनेर जसरी नकारात्मक अभियान चलाइएको छ । त्यसको पनि हामीले सामना गर्नुपर्ने आवश्यकता पर्छ । राम्रो र नराम्रोलाई एउटै ठाँउमा राख्ने, नेताहरु असल पनि हुन्छन् । त्यसकारण सबै नेता एउटै हुन् र सबै पार्टी उस्तै हुन् भन्ने जुन प्रचार भएको छ । यसको पनि जवाफ दिनुपर्छ ।’

यो समाचारमा

माधवकुमार नेपालनेपाली कम्युनिष्ट पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा निःशुल्क उपलब्ध गराउने गरी तीन संस्थासँग प्राधिकरणको समझदारी

    काठमाडौं । विपद्‌मा परेका व्यक्तिको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघ र नेपाल एसोसिएसन अफ राफ्टिङ्ग एजेन्सिज् (नारा)सँग समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरेको छ।प्राधिकरणमा बुधबार आयोजित कार्यक्रममा भएको सम्झौताअनुसार वायुसेवा सञ्चालक संघले काठमाडौं उपत्यकाभित्र उद्धार उडान

    Data is loading...

    Loading brands...

    Loading footer...