जनताको भरोसा र राष्ट्रको हितलाई प्राथमिकतामा राखेर काम गर्ने छु: अध्यक्ष ज्ञवाली

Author

सजिलो पत्रिका

२०८२ पुस ३०, बुधबार

73
Share
Featured
  • नवनिर्वाचित अध्यक्ष शोभा ज्ञवालीले जनताको भरोसा, समाजको अपेक्षा र राष्ट्रको हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।
  • प्रत्येक समाचार, सम्पादकीय र प्रसारण जनताको जीवन, समाजको दिशा र राष्ट्रको भविष्यसँग जोडिएको रहेकामा पूर्ण सचेतता रहने उनको भनाइ।
  • पारदर्शी व्यवस्थापन, सुशासन, नैतिक नेतृत्व र संस्थाको दिगो विकास सुनिश्चित गर्दै पेशागत स्वतन्त्रता, सम्मान र क्षमतावृद्धि संरक्षण प्राथमिकता हुने।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपाल रिपब्लिक मिडिया लिमिटेडकी नवनिर्वाचित अध्यक्ष शोभा ज्ञवालीले जनताको भरोसा, समाजको अपेक्षा र राष्ट्रको हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएकी छिन् ।

बुधबार काठमाडौंमा आयोजित कम्पनीको पाँचौं वार्षिकोत्सव समारोहमा बोल्दै उनले नेपाल रिपब्लिक मिडियामा गरिने प्रत्येक समाचार, प्रत्येक सम्पादकीय र प्रत्येक प्रसारण जनताको जीवन, समाजको दिशा र राष्ट्रको भविष्यसँग जोडिएको हुन्छ भन्ने कुरामा आफू पूर्ण रूपमा सचेत रहेको बताईन् ।

उनले भनिन,‘नेपाल रिपब्लिक मिडिया केवल एउटा संस्था मात्र होइन, यो जनता र समाजप्रतिको उत्तरदायित्व बोकेको सार्वजनिक संस्था हो । यहाँ गरिने प्रत्येक समाचार, प्रत्येक सम्पादकीय र प्रत्येक प्रसारण जनताको जीवन, समाजको दिशा र राष्ट्रको भविष्यसँग जोडिएको हुन्छ भन्ने कुरामा म पूर्ण रूपमा सचेत छु । जनताको भरोसा, समाजको अपेक्षा र राष्ट्रको हितलाई हामै सधैं मेरो नेतृत्वको केन्द्रमा राख्ने छु ।’

त्यस्तै पारदर्शी व्यवस्थापन, सुशासन, नैतिक नेतृत्व र संस्थाको दिगो विकास। सार्वजनिक स्वामित्वको मर्मलाई सधैं सुरक्षित राख्दै संस्थाको विश्वसनीयता अझ मजबुत बनाइने उनको प्रतिबद्धता छ ।

‘पारदर्शी व्यवस्थापन, सुशासन, नैतिक नेतृत्व र संस्थाको दिगो विकास। सार्वजनिक स्वामित्वको मर्मलाई सधैं सुरक्षित राख्दै संस्थाको विश्वसनीयता अझ मजबुत बनाइने छ ।’उनले भने

पेशागत स्वतन्त्रता, सम्मान, सुरक्षा र क्षमतावृद्धिको संरक्षण सत्यमा आधारित पत्रकारिता नै हाम्रो आत्मा हो, र त्यसको रक्षा मेरो आफ्नो प्राथमिकता हुने उनको भनाई छ ।

यो समाचारमा

काठमाडौँशोभा ज्ञवाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...