सुनको मूल्यमा लगातार वृद्धि, पुग्यो २ लाख ७८ हजार

Author

सजिलो पत्रिका

२०८२ पुस ३०, बुधबार

113
Share
Featured
  • बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ पुगेर हालसम्मकै उच्च बनेको छ।
  • छापावाल सुनको १० ग्राम मूल्य २ लाख ३८ हजार ३४० रुपैयाँ पुगेको छ।
  • चाँदीको मूल्य पनि बढेर तोलामा ५ हजार ६५५ रुपैयाँ कायम भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार बढेर हालसम्मकै उच्च मूल्य कायम भएको हो ।

महासंघका अनुसार बुधबार १० ग्राम सुनको मूल्य नै २ लाख ३८ हजार ३४० रुपैयाँ पुगेको छ ।

यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ५ हजार ३४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर ५ हजार ६५५ रुपैयाँ कायम भएको हो।

यो समाचारमा

काठमाडौँसुनचाँदी ब्यवसायी महासंघ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नेप्से परिसूचक ६.११ अंकले बढ्यो

    काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६.११ अंकले बढेर २०५७६.२६ मा पुगेको छ ।ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७९ अंकले उकालो लागेर ४५१.३४ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक ०.३२ अंकले बढेर

    Data is loading...

    Loading brands...

    Loading footer...