वर्तमान व्यवस्थाको विकल्पमा ‘रामराज्य’ भएको परिषद्को दाबी

Author

सजिलो पत्रिका

२०८२ पुस २८, सोमबार

55
Share
Featured
  • रामराज्य परिषद्ले नेपालको संविधान २०७२ ले देशलाई स्थायित्व र राजनीतिक निकास दिन नसकेको दाबी गर्दै त्यसको विकल्पमा नयाँ संविधान आवश्यक रहेको जनाएको छ।
  • परिषद्ले यही संविधानअन्तर्गत हुने निर्वाचनले समाधान नदिने ठहर गर्दै आगामी निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ।
  • परिषद्का धर्माध्यक्ष जगत बहादुर थापाले २०७२ को संविधान विदेशी योजनामा बनेको र राष्ट्रिय स्वाधीनता जोगाउन असफल भएको आरोप लगाउँदै वैदिक–वैज्ञानिक ‘रामराज्य’ अवधारणामा आधारित आठौँ संविधान २०७७ सार्वजनिक गरिएको बताए।
  • परिषद्का अन्य नेताहरूले वर्तमान व्यवस्थाको अन्त्य अपरिहार्य भएको, विदेशी हस्तक्षेप, भ्रष्टाचार, कुशासन र दण्डहीनताका कारण नयाँ वैकल्पिक संविधानको खाँचो परेको तर्क गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

रामराज्य परिषद्ले नेपालको संविधान २०७२ले देशलाई स्थायीत्व दिन नसकेको दबी गर्दै त्यसको विकल्पमा नयाँ संविधानको खाँचो रहेको दाबी गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै यही संविधान अन्तरगत हुने निर्वाचनले राजनीतिक निकास नदिने ठहर गर्दै चुनाव वहिस्कार गर्ने घोषणासमेत गरेको छ ।

परिषद्का धर्माध्यक्ष जगत बहादुर थापाले नेपालको संविधान २०७२ विदेशीको योजनामा आएको र सोही अनुसारको व्यवस्था देशका निम्ती घातक भएको पुष्टि भएको बताए । थापाले ०७२ को संविधानले देशको स्वधीनता र राष्ट्रिय स्वतन्त्रको संरक्षण गर्न नसकेकाले आठौं संविधान २०७७ ल्याएको बताउँदै भने,‘देशलाई स्वाधीन र समृद्ध बनाउन वैद्धिक–वैज्ञानिक राज्य व्यवस्था आधारित ‘रामराज्य’ लागि यो संविधान लयाएका छौं ।’

‘इण्डो–अमेरिकनसहति पश्चिमाहरुको इशारा र परनिर्भर बनाउने व्यवस्थाका विरुद्धमा हामीले ८ औं संविधान सार्वजनिक गर्न वाध्य भएका छौं, अब यसलाई कार्यान्वयन गर्न घनिभूतरुपले लाग्छौं,’ थापाले थपे ।

परिषद् उपाध्यक्ष भगवान गिरीले देश र जनताको हितका लागि वर्तमान व्यवस्थाको अन्त्य अवश्यंभावी रहेको धारणा राखे । भैरव बहादुर शाहीले देशले काँचुली फेर्ने बेला आईसकेकाले कोही न कोहीले देश जोगाउन निर्णायक पहल लिनै पर्ने बाध्यता रहेको धारणा राखे ।

परिषद्का कोषाध्यक्ष रमेश कुमार बस्न्यातले देशलाई विदेशी हस्तक्षेपबाट मुक्त गर्न पूर्वीय दर्शनमा आधारित वैद्धिक सनातनी हिन्दु राज्यको आवश्यकता रहेको बताए । परिषद्का सदस्य उमेश रम्तेलले देशमा व्याप्त भ्रष्टाचार, बेथिति र कुशासनका कारण जेनजी विद्रोह भए पनि पुराना दलहरु नसुध्रिएकाले आफूहरुले ‘रामराज्य’मा आधारित संविधान ल्याएको दाबी गरे ।

यसरी ०७२ को संविधान चलिरहँदा आठौं संविधान ल्याउनु हास्यास्पद भएन र भन्ने पत्रकारको प्रश्नमा रम्तेल भन्छन, ‘यो देशमा हरेक विषय सम्भव छ, यो राज्यविरुद्धको एक किसिमको विद्रोह हो, फेरी यसको विकल्प पनि त छैन नि ।’

अर्की वक्ता सफलता बोगटीले देशमा अराजकता र दण्डहिनताले सीमा नाघेको तथा राज्य त्यसलाई रोक्न असफल हुनुका पछाडि व्यवस्था नै रहेकोले त्यसको विकल्प खोज्नुपर्ने धारणा राखिन् । प्रेमसिंह तिरुवाले २०७७ वाला संविधानलाई वैधानिक बनाउन देशव्यापी अभियान चाल्नुपर्ने धारणा राखे ।

यो समाचारमा

नेपालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    काठमाडौं । सरकारका सचिवहरुको बैठकले शासकीय सुधारको एकसय कार्यसूचीअन्तर्गत सम्पन्न भएका सुशासन प्रवद्र्धन, सेवाप्रवाह सुधार र निर्णय प्रक्रिया सरलीकरणलगायत क्षेत्रमा भएका असल अभ्यासलाई निरन्तता दिने निर्णय गरेको छ ।मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिव बैठकले कार्यसूचीमा उल्लेखित बुँदा कार्यान्वयनका लागि गठित कार्यदल र समितिबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने र

    Data is loading...

    Loading brands...

    Loading footer...