समयमै महाधिवेशन हुनुपर्छ भन्ने एजेन्डा केही साथीहरुले हाइज्याक गरे : डा.सुनिल शर्मा

Author

सजिलो पत्रिका

२०८२ पुस २८, सोमबार

45
Share
Featured
  • डा. सुनिल शर्माले डा. शेखर कोइराला समूहको माग समयमै नियमित महाधिवेशन हुनुपर्ने भएको र बीचमा केहीले त्यो एजेन्डा हाइज्याक गरेको बताए।
  • विशेष महाधिवेशन काठमाडौंमा जारी छ र यसको उद्देश्य नीति पास गर्नु मात्र रहेको, नियमित महाधिवेशन वैशाख वा असारमा हुने बताए।
  • कोइराला पार्टीलाई फुटबाट जोगाउने र एकताबद्ध बनाउने पहलमा रहेको उल्लेख गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका नेता डा.सुनिल शर्माले समयमै महाधिवेशन हुनुपर्छ भन्ने माघ डा.शेखर कोइराला समूहले उठाउँदै आएको बताएका छन्। उनले केही साथीहरुले आफूहरुको एजेन्डा हाइज्याक गरेको पनि बताए ।

सोमबार काठमाडौँमा डॉ. शेखर कोईराला पक्षधरहरूको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्छ भन्ने माग शेखर कोइराला पक्षको रहेकाले आफूहरुको माग हाइज्याक भएको उनको दाबी थियो ।

काठमाडौंमा जारी विशेष महाधिवेशनले नीति मात्रै पास हुने दाबी गरे । साथै उनले डा.कोइराला वैशाख वा असारमा हुने नियमित महाधिवेशनबाट सभापति बन्ने बताए । कोइरालाले पार्टी फुटबाट जोगाउने र एकताबद्ध वताउने उनको भनाइ छ ।

‘पार्टी फुटको संघारमा रहेकाले त्यो नफुटोस् भन्ने नै हो । एकताबद्धका लागि उहाँले पहलकदमी लिनुहुनेछ । नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्छ भन्ने एजेन्डा हाम्रै हो । बिचमा हाइज्याक भएको हो,’ उनले भने ।

आइतबारबाट नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापाविश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन अहिले भृकुटीमण्डपमा जारी छ ।

यो समाचारमा

गगन थापाडॉ. शेखर कोईरालानेपाली काँग्रेसविश्वप्रकाश शर्मा
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    काठमाडौँमा ९३ मिलिमिटर वर्षा, मकवानपुर र म्याग्दीमा वर्षियो सबैभन्दा धेरै पानी

    काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा मात्रै वर्षा भएको जनाउँदै अन्य प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको उल्लेख गरेको छ ।ती क्षेत्रहरूमध्ये केही ठाउँमा भारीदेखि अति भारीसम्म वर्षा भएका छन् भने केही

    Data is loading...

    Loading brands...

    Loading footer...