डोनाल्ड ट्रम्पद्वारा आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा

Author

सजिलो पत्रिका

२०८२ पुस २८, सोमबार

220
Share
Featured
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन्, भेनेजुएलाको तेल सम्पत्तिसँग सम्बन्धित राष्ट्रिय आपतकाल घोषणा गरेपछि।
  • उनले भेनेजुएलामा सुरक्षित र विवेकपूर्ण सत्ता हस्तान्तरण नहुँदासम्म अमेरिकाले अस्थायी प्रशासन सञ्चालन गर्ने बताएका छन्, मादुरोलाई पक्राउ गरेको र अर्को सत्ता कब्जाबाट बच्ने उद्देश्य रहेको बताए।
  • भेनेजुएलामा भने पूर्व उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपतिको रूपमा शपथ दिइएको छ, र ट्रम्पको कदमले अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ प्रभाव सिर्जना गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म 'ट्रुथ सोसल' मार्फत एउटा तस्बिर पोस्ट गर्दै यस्तो घोषणा गरेका हुन् ।

यो घोषणा उनले भेनेजुएलाको तेल सम्पत्तिसँग सम्बन्धित राष्ट्रिय आपतकाल घोषणा गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेको केही दिनपछि आएको हो । उक्त आदेशले अमेरिकामा रहेको भेनेजुएलाको तेल आम्दानीमाथि अमेरिकी नियन्त्र-ण कडा बनाएको छ ।

यसअघि ट्रम्पले भेनेजुएलामा सैन्य कारबाही गरी त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेका थिए । त्यसपछि उनले भेनेजुएलामा सुरक्षित र विवेकपूर्ण सत्ता हस्तान्तरण नहुन्जेलसम्म अमेरिकाले अस्थायी रूपमा त्यहाँको प्रशासन सञ्चालन गर्ने बताएका थिए । "भेनेजुएलाली जनताको हितविपरीत हुने अर्को सत्ता कब्जाको जोखिम लिन सकिँदैन," ट्रम्पले भनेका थिए ।

उता, भेनेजुएलामा भने गत साता पूर्व उपराष्ट्रपति तथा तेल मन्त्री डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपतिको रूपमा शपथ गराइएको थियो । ट्रम्पको यो पछिल्लो कदमले अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ ।


यो समाचारमा

काठमाडौँडोनाल्ड जोन ट्रम्पभेनेजुएला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अमेरिकी आक्रमणपछि इरान कमजोर बनेको ट्रम्पको दाबी, खाडी राष्ट्रसँग मागे सुरक्षा क्षतिपूर्ति

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै हुने अन्तर्राष्ट्रिय समुद्री यातायातको सुरक्षा सुनिश्चित गर्न अमेरिकाले निर्वाह गरिरहेको भूमिकाको आर्थिक प्रतिफल खाडी राष्ट्रहरूले तिर्नुपर्ने बताएका छन् । साथै, हालैको अमेरिकी सैन्य कारबाहीपछि इरानको सैन्य क्षमता व्यापक रूपमा कमजोर बनेको दाबी गर्दै उनले तेहरानलाई केही महिनाअघिको अवस्थाबाट निकै पछाडि धकेलिएको

    Data is loading...

    Loading brands...

    Loading footer...