कांग्रेस विशेष महाधिवेशन: बन्दसत्रमा गगन र विश्वप्रकाशले प्रतिवेदन पेस गर्दै

Author

सजिलो पत्रिका

२०८२ पुस २८, सोमबार

48
Share
Featured
  • नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र आज बिहान १० बजेदेखि सुरु हुँदैछ।
  • महामन्त्री गगन थापाले समसामयिक राजनीति र विश्वप्रकाश शर्माले संगठन तथा विधान सुधारसम्बन्धी प्रतिवेदन पेस गर्नेछन्।
  • प्रतिवेदनमाथि छलफलपछि नेतृत्व चयन गर्ने वा नगर्ने विषयमा बन्दसत्रले निर्णय गर्नेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसको विशेष महाधिवेशनअन्तर्गतको बन्दसत्र आज बिहान १० बजेदेखि सुरु हुँदैछ । बन्दसत्रमा महामन्त्रीद्वय गगन थापाविश्वप्रकाश शर्माले आ-आफ्ना प्रतिवेदनहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

महामन्त्री थापाले समसामयिक राजनीतिक अवस्थाबारे र महामन्त्री शर्माले सांगठनिक विषयमा प्रतिवेदन पेस गर्नेछन् ।

शर्माको प्रतिवेदनमा पार्टी विधान र संगठन संरचनामा गर्नुपर्ने सुधारका विषयहरू समेटिनेछन् भने थापाको प्रतिवेदनमा राष्ट्रिय राजनीतिमा पार्टीको भूमिका र अबको गन्तव्यबारे उल्लेख हुने बताइएको छ ।

दुवै प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरूले छलफल गरी सुझावसहित पारित गरेपछि बन्दसत्रले नेतृत्व चयन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिनेछ । आजको बन्दसत्रको अध्यक्षता जेष्ठ सदस्यको हैसियतमा ललितपुरका महाधिवेशन प्रतिनिधि ओमकार श्रेष्ठले गर्नेछन् ।

यो समाचारमा

नेपाली काँग्रेसविश्वप्रकाश शर्माकाठमाडौँगगन थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...