राजनीतिक दलहरुबीचमा नविन समझदारी आवश्यक छ :अध्यक्ष लिङ्देन

Author

सजिलो पत्रिका

२०८२ पुस २७, आइतबार

48
Share
Featured

काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले अहिले देशको राजनीतिक दलकाबीचमा नविन समझदारी आवश्यक रहेको बताएका छन् ।

आइतबार पार्टीको चियापान कार्यक्रमपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले अहिले राजनीतिक दलकाबीचमा नविन समझदारी आवश्यक रहेको भन्दै त्यो समझदारीको आधार पृथ्वीपथ नै रहेको बताए ।

उनले भने,‘अहिले यो देशको राजनीतिक दलकाबीचमा एउटा नविन समझदारी आवश्यक परेको छ । त्यो समझदारीको आधार भनेको पृथ्वीपथ नै हो’ उनले भने ।

त्यस्तै उनले अहिले राष्ट्रिय राजनीति जुन गम्भीर दिशातर्फ गइराखेको भन्दै राजनीति ,अर्थतन्त्र या लोकतन्त्र सबै क्षेत्रमा पृथ्वीपथ नै सबै समस्याको समाधानको रुपमा देखिएको धारणा राखे ।

उनले भने,‘अहिले नेपालको जुन अवस्था छ । त्यो सबै परिस्थितिमा पृथ्वीपथ सबै समस्याको समाधानको रुपमा देखिएको छ । अहिले राष्ट्रिय राजनीति जुन गम्भीर दिशातर्फ गइराखेको छ । तरल बनिराखेको छ । यसको एक मात्र समाधान ,चाहे अर्थतन्त्रकै दृष्टिकोणले होस् ,पराराष्ट्र नीतिको सन्दर्भले होस् या लोकतन्त्रको दृष्टिकोणले होस् यो सबैमा पृथ्वीपथ नै सबै समस्याको समाधानको पाटो हो,’उनले भने ।

यो समाचारमा

राजेन्द्र प्रसाद लिङ्देनराष्ट्रिय प्रजातन्त्र पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...