धनुषामा पृथ्वी नारायण साहको ३०४औं जन्म जयन्ती धुमधामका साथ मनाइयो

Author

सजिलो पत्रिका

२०८२ पुस २७, आइतबार

68
Share
Featured
  • धनुषामा पृथ्वी जयन्ती मनाइयो: नेपाल राष्ट्रवादी नागरिक समाज धनुषाले जनकपुरधाममा बाजागाजासहित र्याली र कोणसभा गरी पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती मनायो।
  • राष्ट्रवादी धारणा: वक्ताहरूले पृथ्वीनारायण शाहलाई नेपालको एकीकरण र पहिचानका प्रतीकका रूपमा स्मरण गर्दै उनलाई नबिर्सन आग्रह गरे।
  • राजनीतिक माग: संघीयता र गणतन्त्र हटाई प्रजातन्त्रसहित हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग राखियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

धनुषामा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०४ औं जन्म जयन्ती धुमधामका साथ मनाइएको छ ।

नेपाल राष्ट्रवादी नागरिक समाज, धनुषाले साहको जन्म जयन्तीको अवसरमा जनकपुरमा बाजागाजासहित र्याली निकालेको छ । उनीहरुले राष्ट्रवादी शक्तिहरु एक होऔं भन्ने नाराका साथ साहको जन्म जयन्ती मनाएका छन् ।

सो क्रममा निकालिएको र्याली जनकपुरधामको जनक चोकबाट सुरु भएर रामचोक, सोनारपट्टी, जानकी मन्दिर, मिल्स ऐरिया, भानू चोक, शिव चोक हुँदै पुनः जनक चोकमा आएर कोण सभामा परिणत भएको थियो ।

कोण सभामा बोल्दै नेपाल राष्ट्रवादी नागरिक समाज धनुषाका अध्यक्ष प्रकाश जंग राणाले नेपाललाई एकीकरण गर्ने र पहिचान दिलाउने एक मात्र व्यक्ति पृथ्वी नारायण साहलाई नेपाली जनताले विर्सन नहुने बताए । ८४ प्रतिशत हिन्दू जनसंख्या भएको नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नु पर्नेमा जोड दिए ।

उनले प्रदेश सरकारको नाममा सरकारको खर्च मात्र बढेको भन्दै संघियता र गणतन्त्रको सिद्धान्त हटाउनुपर्ने आजको आवश्यकता रहेको बताए । उनले प्रजातन्त्रसहितको हिन्दू राष्ट्र कायम हुनुपर्नेमा आफूहरु लागि परहेको जानकारी दिए । राणाले पृथ्वी जयन्ती ७७ वटै जिल्लामा धुमधामका साथ मनाइएको बताए ।

यो समाचारमा

जनकपुरपृथ्वीनारायण शाहकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...