कांग्रेस एउटा सभ्यता र संस्कृति भएको पार्टी हो : गुरुराज घिमिरे

Author

सजिलो पत्रिका

२०८२ पुस २७, आइतबार

52
Share
Featured
  • कांग्रेसको पहिचान: गुरुराज घिमिरेले कांग्रेसलाई “सभ्यता र संस्कृति पार्टी” भएको उल्लेख गर्दै यसको पुरानो लोकतान्त्रिक संस्कृति जोगाउनु आवश्यक भएको बताए।
  • नेतृत्व परिवर्तनको आवश्यकता: उनले २३–२४ भाद्रको जेनजी आन्दोलनले राजनीतिमा नयाँ मोड दिएको भन्दै अब नेतृत्व परिवर्तन बिना पार्टी अगाडि बढ्न नसक्ने बताए।
  • सदस्य र लोकतन्त्रको महत्त्व: कांग्रेसका साधारण सदस्यहरूले पनि पार्टीको दीर्घ जीवन, सांगठनिक मजबुती र लोकतान्त्रिक पद्धति जोगाउन महत्वपूर्ण भूमिका राख्ने बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले कांग्रेस एउटा सभ्यता र संस्कृति पार्टी भएको बताएका छन् । कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा स्वागत मन्तब्य राख्दै उनले यस्तो बताएका हुन् । उनले अब नेतृत्वको परिवर्तन बिना बस्न नसक्ने बताए ।

उनले भने, ‘२३ र २४ गतेको जेनजी आन्दोलनले राजनीतिलाई नयाँ मोड दिने काम गरेको छ । कांग्रेसलाई यथास्थितमा राख्न सकिन्न । नेपाली कांग्रेस एउटा सभ्यता र संस्कृति भएको पार्टी हो । यसलाई जोगाउनुपनुपर्छ । संस्कृति भनेको कसैको शिरमा टोपी छ की छैन, यसले केही मान्य राख्दैन । संस्कृति व्यवहार हो । कांग्रेस राजनीतिको पुरानो लोकतान्त्रिक संस्कृति हो ।’

उनले कांग्रेस नेतृत्वले पार्टीका सदस्यहरूलाई गर्ने व्यवहार भएको भन्दै यसलाई जोगाउनु नै अहिलेको चुनौती रहेको बताए । उनले कांग्रेसको साधारण सदस्यले पनि कांग्रेसको दीर्घ जीवनका लागि लोकतान्त्रिक पद्धति जोगाउनका लागि र कांग्रेसको सांगठनिक जीवनका लागि अनि नेपाली कांग्रेसको सुरक्षित भविष्यका लागि महत्वपूर्ण धेरै अर्थ राख्ने बताए ।

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कीर्तिपुर डुबानपछि खरिपाटी सारिएका सुकुमबासी भेट्न गृहमन्त्रीसहित आधा दर्जन मन्त्री होल्डिङ सेन्टरमा

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेका छन् ।मन्त्री गुरूङसँगै सरकरका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोख्रेल, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी, स्वास्थ्य तथा खाद्य

    Data is loading...

    Loading brands...

    Loading footer...