सिरहा–धनुषा जोड्ने कमला पुल पुनःनिर्माण अन्तिम चरणमा, असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य

Author

सजिलो पत्रिका

२०८२ पुस २७, आइतबार १८:४७

33
Share
Featured
  • कमला नदीमाथि सिरहा र धनुषा जोड्ने कमला पुलको पुनःनिर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ र असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
  • हाल ४० प्रतिशत काम सम्पन्न भइसकेको छ; बाँकी संरचनात्मक र फिनिसिङ काम लुम्बिनी बिल्डर्सले एक्लै गर्दैछ।
  • पुल सञ्चालनमा आएपछि स्थानीय आवागमन सहज हुने, यात्रा दूरी घट्ने र मधेश प्रदेशको आर्थिक–सामाजिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सिराहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमाथिको कमला पुलको पुनःनिर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ । लामो समयदेखि अलपत्र अवस्थामा रहेको पुललाई असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित हाल बाँकी संरचनात्मक र फिनिसिङसम्बन्धी काम भइरहेको छ ।

लुम्बिनी बिल्र्डसका साईट इन्चार्ज सुदिप थापाका अनुसार देनिक ४० देखि ५० जना कामदारहरुको टोलीले पुल मर्मत र संरचना निर्माणको कार्य गरिरहेको छ । पप्पु लुम्बिनी जेभीले पुल निर्माण गर्ने ठेक्का पाएपनि पप्पु कन्सट्रक्सनलाई सरकारले कालो सूचिमा राखेकोले अब लुम्बिनी बिल्डर्सले एक्लै बाँकी निर्माण कार्य र ममर्तका कार्यहरु गरिरहेको साईट इन्चार्ज थापाले बताए ।

उनले ४० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी रहेको ६० प्रतिशत काम पनि निर्धारित समय भित्रै सम्पन्न हुनेमा कुनै शंका नरहेको बताए । उनले असार मसान्तमा उक्त पुलबाट आवतजावत सुरु हुने दाबी गरे ।

हुलाकी राजमार्गअन्तर्गत पर्ने यो पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले विगतमा पटक–पटक समयसीमा उल्लंघन गर्दा पुल १४ वर्षसम्म अधुरो रहँदै आएको थियो । पुल निर्माण समयमै सम्पन्न नहुँदा सिरहा र धनुषाका स्थानीय बासिन्दा जोखिमपूर्ण अस्थायी बाटो प्रयोग गर्न बाध्य थिए ।

राजमार्ग हुँदै घुमेर जाँदा करीब ६० किलोमिटर बढी घुमेर जानु पर्ने बाध्ता पुल निर्माण भएपछि हट्ने सिरहाका स्थानीय श्याम सुन्दर सिंहले बताए। उनले स्थानीयवासीलाई अब आवतजावत गर्दा डेढ घण्टा कम यात्रा गर्नुपर्ने उनको भनाई छ । पछिल्लो समय सरकार र सडक विभागको दबाबपछि पुनःनिर्माण कार्यलाई तीव्रता दिइएको हो ।

सरकारका उच्च अधिकारी तथा भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधिले समेत पुलको स्थलगत निरीक्षण गर्दै निर्माण कार्यमा ढिलाइ हुन नदिन निर्देशन दिएका छन् । उनीहरूले कमला पुल क्षेत्रीय आवागमनका लागि मात्र नभई मधेश प्रदेशको आर्थिक र सामाजिक विकासका लागि पनि अत्यन्त महत्वपूर्ण रहेको बताएका छन् ।

पुल सञ्चालनमा आएपछि सिरहा, धनुषा, सप्तरी लगायतका जिल्लाबीचको आवागमन सहज हुने, व्यापार–व्यवसाय प्रवद्र्धन हुने तथा स्थानीय बासिन्दाले लामो समयदेखि भोग्दै आएको सास्ती अन्त्य हुने अपेक्षा गरिएको छ ।

यो समाचारमा

सिराहाधनुषाकाठमाडौँसप्तरी

ट्यागहरू

#धनुषा जिल्ला#सप्तरी#सरकार#धनुषा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    sajilo patrika

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू