कांग्रेस दोस्रो विशेष महाधिवेशनको तयारी पूरा, र्याली शुरू

Author

सजिलो पत्रिका

२०८२ पुस २७, आइतबार

39
Share
Featured
  • नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको सबै तयारी पूरा भई काठमाडौंमा जुलुस र र्‍याली सुरु भएका छन्।
  • कुपण्डोलसहित काठमाडौंका ६ स्थानबाट सांस्कृतिक झाँकी र बाजागाजासहित शक्ति प्रदर्शनका रूपमा जुलुस निकालिएको छ।
  • जुलुसपछि दिउँसो १ बजे भृकुटीमण्डपमा उद्घाटन हुनेछ र आजै बन्दसत्र सुरु भई महाधिवेशन सोमबारसम्म चल्नेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी पूरा भएको छ । आवश्यक व्यवस्थापनको तयारी सकिएको हो ।

ललितपुरबाट र्याली समेत शुरू भएको छ । ओमकारप्रसाद श्रेष्ठको नेतृत्वमा कुपण्डोलबाट बाजाबागासहित -याली सुरु भएको हो ।

र्यालीमा सास्कृतिक झाँकी, बाजा, पोशाकमा समेत सहभागी छन् । महाधिवेशनमा सहभागी प्रतिनिधिले काठमाडौँका विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने तयारी छ ।

ललितपुरको कुपण्डोलबाट नेपाली कांग्रेसका नेता पूर्वमन्त्री श्रेष्ठ, बागमती प्रदेश उपसभापति चन्द्र महर्जन, सह महामन्त्री ऋषिराम घिमिरे, जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठ, लगायतको नेतृत्वमा बाजागाजा सहित -याली शुरू भएको हो ।

यस्तै शकरदेव क्याम्पसबाट पनि विशेष महाधिवेशनको भव्य सफलताको नारासहित र्याली निकालिएको छ ।

महाधिवेशन आयोजक समितिका अनुसार उद्घाटन समारोहअघि शक्ति प्रदर्शनका रूपमा जुलुस आयोजना गरिएको हो । सबै रुटबाट जुलुस निस्कने तयारी भइरहको गरिएको सचिवालयले जनाएको छ ।

जुलुस भृकुटीमण्डप प्रवेश गरेपछि औपचारिक उद्घाटन कार्यक्रम शुरू हुनेछ । विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ ।

उद्घाटन समारोह सकिएपछि आजै बन्दसत्र पनि प्रारम्भ गरिनेछ । विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुनेछ।

दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार जुलुस ललितपुरको कुपण्डोल तथा काठमाडौँका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट भृकुटीमण्डपतर्फ प्रस्थान गर्नेछ ।

यो समाचारमा

ललितपुरबागमती प्रदेशनेपाली काँग्रेसकाठमाडौँ
चन्द्र महर्जन4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...