ग्रीनल्याण्डका राजनीतिक दलहरूले भने ‘हामी अमेरिकी बन्न चाहँदैनौं’

Author

सजिलो पत्रिका

२०८२ पुस २७, आइतबार

52
Share
Featured
  • ग्रीनल्याण्डका सबै राजनीतिक दलले संयुक्त वक्तव्य जारी गर्दै अमेरिकी बन्न नचाहेको र भविष्य ग्रीनल्याण्डवासीले नै तय गर्ने स्पष्ट पारे।
  • अमेरिकाले देखाउँदै आएको असम्मानजनक व्यवहार अन्त्य गर्न माग गर्दै अन्तर्राष्ट्रिय कानुन र आत्म–शासन ऐनअनुसार निर्णय हुनुपर्नेमा जोड।
  • राष्ट्रपति ट्रम्पको ग्रीनल्याण्ड नियन्त्रणसम्बन्धी विवादास्पद अभिव्यक्तिप्रति ग्रीनल्याण्डका दलहरू एकजुट रूपमा असहमति जनाएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

ग्रीनल्याण्डका सबै राजनीतिक दलका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै आफूहरू अमेरिकी बन्न नचाहेको स्पष्ट पारेका छन् । शुक्रबार संयुक्त रुपमा जारी गरिएको वक्तव्यमा ग्रीनल्याण्डको भविष्य ग्रीनल्याण्डवासीले नै तय गर्नुपर्ने उल्लेख गरिएको छ ।

डेनमार्कको सरकारी प्रसारक डीआरका अनुसार संयुक्त वक्तव्यमा ग्रीनल्याण्डका दल नेताहरूले अमेरिकाले आफ्नो देशप्रति देखाउँदै आएको असम्मानजनक व्यवहार अन्त्य हुनुपर्ने माग गरेका छन् । “हामी, ग्रीनल्याण्डका राजनीतिक दलका नेताहरू, संयुक्त राज्य अमेरिकाले हाम्रो देशप्रति देखाउँदै आएको बेवास्ता अब अन्त्य हुनुपर्छ भन्ने चाहना पुनः व्यक्त गर्दछौं,” वक्तव्यमा भनिएको छ ।

दल नेताहरूले ग्रीनल्याण्डले आगामी दिनमा पनि अमेरिका तथा अन्य पश्चिमी मुलुकसँग सहकार्य जारी राख्ने स्पष्ट पारेका छन् । तर ग्रीनल्याण्डको भविष्यसम्बन्धी कुनै पनि काम अन्तर्राष्ट्रिय कानुन र आत्म–शासन ऐनको आधारमा, ग्रीनल्याण्डवासीसँगै छलफल र सहमतिमा अघि बढ्नुपर्नेमा उनीहरूले जोड दिएका छन् । उक्त संयुक्त वक्तव्यमा ग्रीनल्याण्डको संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूले हस्ताक्षर गरेका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले शुक्रबार ग्रीनल्याण्ड संयुक्त राज्य अमेरिकाले प्राप्त गर्ने विषयमा “सजिलो वा गाह्रो जुनसुकै तरिकाले पनि सम्झौता हुनेछ” भन्दै विवादास्पद अभिव्यक्ति दिएका छन् । उनले ग्रीनल्याण्डका जनताको चाहना भए–नभए पनि आफूले यस विषयमा केही गर्ने बताएका छन् ।

ग्रीनल्याण्ड डेनमार्कको पूर्व उपनिवेश हो । सन् १९५३ मा यो डेनमार्कको राज्यको अभिन्न हिस्सा बनेको थियो भने सन् १९७९ मा आत्म–शासन अधिकार पाएको थियो । यद्यपि, परराष्ट्र नीति र रक्षा सम्बन्धी अधिकार डेनमार्ककै मातहतमा छन् । हाल ग्रीनल्याण्डमा अमेरिकाको एक सैन्य आधार पनि रहेको छ ।

जनवरी २०२५ मा पदभार सम्हालेपछि राष्ट्रपति ट्रम्पले ग्रीनल्याण्ड नियन्त्रणमा लिने इच्छा पटक–पटक व्यक्त गर्दै आएका छन् । उनले यसका लागि “सैन्य वा आर्थिक दबाब” प्रयोग गर्न सक्ने सम्भावनालाई समेत नकारेका छैनन् ।

यो समाचारमा

डोनाल्ड जोन ट्रम्पकाठमाडौँसंयुक्त राज्य अमेरिकाडेनमार्क

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    इरानबाट ट्रम्पलाई सुरक्षा थ्रेट, इजरायलको गोप्य सूचनापछि अमेरिकी सुरक्षा संयन्त्र उच्च सतर्कतामा

    एजेन्सी । इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानको कथित नयाँ र ‘विशिष्ट’ योजनासम्बन्धी खुफिया जानकारी यसै साता संयुक्त राज्य अमेरिकासँग साझा गरेको अमेरिकी सञ्चारमाध्यमहरूले बिहीबार जनाएका छन् । अमेरिका-इरानबीच पुनः सैन्य तनाव बढ्दै पूर्ण युद्धतर्फ फर्किन सक्ने आशंका भइरहेका बेला सार्वजनिक भएको यो दाबीले सुरक्षा चिन्ता थप बढाएको

    Data is loading...

    Loading brands...

    Loading footer...