युरेनियम र लिथियमको खोजीमा अस्ट्रेलिया पुगे मोदी

Author

सजिलो पत्रिका

२०८३ असार २४, बुधबार

4
Share
Featured

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रक्षा सम्बन्ध, महत्वपूर्ण खनिज र युरेनियम सुरक्षा सम्बन्धि वार्ता गर्नका लागि अष्ट्रेलिया भ्रमणमा गएको जनाइएको छ ।

मेलबर्नमा बिहीबार आयोजित सामुदायिक र्यालीमा मोदीलाई रकस्टार स्वागत गर्ने तयारी गरिएको तथा यस कार्यक्रममा २० हजार भन्दा बढी मानिसहरू सहभागी हुने अनुमान गरिएको जनाइएको छ ।

पछिल्लो समयमा भारत र अष्ट्रेलिया निकै नजिक हुदै गएको जनाइएको छ भने युद्धको समयमा भारत र अस्ट्रेलियाको स्थितिलाई ध्यानमा राख्दै यो ऐतिहासिक रूपमा निकै कठिन सम्बन्ध रहेको अस्ट्रेलिया भारत इन्स्टिच्युटकी तिस्ता प्रकाशले बताएका छन् ।

विश्वसनीय युरेनियम पाइपलाइन सुरक्षित गर्न प्रधानमन्त्री मोदीले आफ्ना अस्ट्रेलियाली समकक्षी एन्थोनी अल्बनिजसँग बिहीबारको बैठकमा छलफल गर्ने अपेक्षा गरिएको छ ।

उच्च जनसंखया भएको देश भारतले आफ्नो आणविक उर्जा क्षमता तीव्र रूपमा विस्तार गर्ने योजना अघि बढाएको छ भने विश्व आणविक संघका अनुसार अस्ट्रेलियाले विश्वको युरेनियम स्रोतको २८ प्रतिशत ओगटेको अनुमान गरिएको छ ।

यस अघि भारतर अष्ट्रेलियाले सन् २०१५ मा आणविक सहयोग सम्झौता गरेर युरेनियम निर्यातको लागि मार्ग प्रशस्त गरेता पनि कानुनी अवरोधहरू बाँकी रहेकाले हालसम्म व्यापार सहज हुन नसकेको जनाइएको छ ।

विद्युतीय सवारीको बजारलाई बढाउने महत्वाकांक्षाका साथ, भारत पनि लिथियम लगायतका महत्वपूर्ण खनिजहरूको खोजीमा रहेको तथा अस्ट्रेलियासँग प्रशस्त मात्रामा लिथियम रहेको जनाइएको छ ।

अस्ट्रेलिया, भारत, संयुक्त राज्य अमेरिका र जापान क्वाडका सदस्यहरू हुन्, जुन समूहलाई एसिया-प्रशान्त क्षेत्रमा चिनको विपक्षको रूपमा हेरिन्छ ।

संयुक्त राज्य अमेरिकाले गठबन्धनमा कम चासो देखाएको देखिन्छ, भने नयाँ दिल्ली र क्यानबेराले सुरक्षाका विषयहमा एक-अर्कासँग काम गर्ने इच्छा देखाएको जनाइएको छ । 

यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गोविन्दबहादुर कार्की मुख्यसचिवमा नियुक्त

    काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिएका छन् । मुख्यसचिव सुमनराज अर्याल यही असार २६ गतेदेखि अनिवार्य अवकाशमा जाँदै छन् ।

    Data is loading...

    Loading brands...

    Loading footer...