कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता

Author

सजिलो पत्रिका

२०८२ पुस २७, आइतबार

52
Share
Featured
  • नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ।
  • ४,७४३ प्रतिनिधिमध्ये बिहान ९ बजेसम्म करिब १०% ले नाम दर्ता गराइसकेका छन् र ६०% भन्दा बढी सहभागिताको अनुमान छ।
  • उद्घाटनअघि ६ स्थानबाट जुलुस निकालिनेछ र आजै उद्घाटन सत्र तथा बन्दसत्र सुरु हुनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसको ऐतिहासिक दोस्रो विशेष महाधिवेशन आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ ।

महाधिवेशनमा सहभागी हुन बिहान ८ बजेबाट सुरु भएको महाधिवेशन प्रतिनिधिको नाम दर्ताका क्रममा ९ बजेसम्म करिब १० प्रतिशत प्रतिनिधिले नाम दर्ता गराइसकेको आयोजकले जनाएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन् ।

“अहिले ९ बजेसम्म करिब १० प्रतिशत प्रतिनिधिले दर्ता गराइसक्नुभएको छ,” उनले भने, “७ वटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर दर्ता प्रक्रिया सञ्चालन गरिएको छ । अहिले पनि लामो लाइन छ, यसले सहभागिता उत्साहजनक हुने संकेत गर्छ ।”

शिवाकोटीका अनुसार महाधिवेशनमा ६० प्रतिशतभन्दा बढी प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ । देशभरबाट प्रतिनिधि आउने क्रम जारी रहेको र भृकुटीमण्डप क्षेत्र पूरै महाधिवेशनमय बनेको उनले बताए । शुभेच्छुक तथा कांग्रेस कार्यकर्ताहरू समेत महाधिवेशन स्थलमा भेला हुन थालेका छन् ।

उता, विशेष महाधिवेशनको उद्घाटनअघि सहभागीहरूले काठमाडौंका विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने तयारी गरेका छन् । महाधिवेशन आयोजक समितिका अनुसार आज मध्याह्न १२ बजे भृकुटीमण्डपमा उद्घाटन सत्र सुरु हुनेछ । उद्घाटनअघि शक्ति प्रदर्शनका रूपमा जुलुस आयोजना गर्न लागिएको हो ।

सबै रुटबाट बिहान ११ बजे जुलुस निस्कने कार्यक्रम तय गरिएको सचिवालयले जनाएको छ । जुलुस भृकुटीमण्डप प्रवेश गरेपछि औपचारिक उद्घाटन कार्यक्रम सुरु हुनेछ । आजै बन्दसत्र पनि प्रारम्भ गरिनेछ । विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुनेछ ।

दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार जुलुस ललितपुरको कुपण्डोल तथा काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट भृकुटीमण्डपतर्फ प्रस्थान गर्नेछ ।

यो समाचारमा

काठमाडौँललितपुरनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    काठमाडौँमा ९३ मिलिमिटर वर्षा, मकवानपुर र म्याग्दीमा वर्षियो सबैभन्दा धेरै पानी

    काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा मात्रै वर्षा भएको जनाउँदै अन्य प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको उल्लेख गरेको छ ।ती क्षेत्रहरूमध्ये केही ठाउँमा भारीदेखि अति भारीसम्म वर्षा भएका छन् भने केही

    Data is loading...

    Loading brands...

    Loading footer...