राष्ट्रियता सुदृढ गर्दै समाजवाद कार्यान्वयन गर्नुपर्छ-झलनाथ खनाल

Author

सजिलो पत्रिका

२०८२ पुस २७, आइतबार

51
Share
Featured
  • झलनाथ खनालले मुलुकको स्वतन्त्रता, राष्ट्रियता र सार्वभौमिकता अझ सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्।
  • उनले सामाजिक–आर्थिक रूपान्तरण र बलियो राष्ट्रिय अर्थतन्त्रका लागि समाजवाद कार्यान्वयन आवश्यक रहेको बताएका छन्।
  • पृथ्वीनारायण शाह र वीर पुर्खाहरूको योगदानकै कारण नेपाल आज स्वाधीन र अखण्ड राष्ट्र बनेको उल्लेख गर्दै सबै नेपालीलाई शुभकामना दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले मुलुकको स्वतन्त्रता र राष्ट्रियतालाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

नेता खनालले सामाजिक-आर्थिक रूपान्तरण र राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउनुपर्ने आवश्यकता औंल्याए । उनले 'समृद्ध नेपाल, सुखी नेपाली' को सपना साकार पार्न समाजवाद कार्यान्वयन गर्नुको विकल्प नरहेको बताए ।

पृथ्वीनारायण शाहको नेतृत्वमा सुरु भएको एकीकरण अभियान र वीर पुर्खाहरूको साहस, पराक्रम र दूरदर्शिताकै कारण आज नेपाल एक स्वाधीन, अखण्ड र सार्वभौम मुलुकका रूपमा विश्वमा परिचित रहेको खनालले उल्लेख गरे । उनले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेका छन् ।

यो समाचारमा

नेपाली कम्युनिष्ट पार्टीकाठमाडौँझलनाथ खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...