‘युद्धका बेला राखिएका बमहरु निर्मूल गर्न कार्यदल र नीति बनाएर काम गर्न तयार छौं’

Author

सजिलो पत्रिका

२०८२ पुस २५, शुक्रबार

35
Share
Featured
  • प्रहरी एआईजी उमा प्रसाद चतुर्वेदीले युद्धकालमा राखिएका बम निर्मूल गर्न सरकारद्वारा कार्यदल र स्पष्ट नीति बनाएर १–२ वर्ष काम गर्न सकिने बताएका छन्।
  • उनले तत्कालीन विद्रोही र अहिले मूलधारमा आएका दलहरूसँग विगतमा राखिएका विस्फोटकबारे जानकारी भए सरकारलाई सहयोग गर्न आग्रह गर्दै, शंकास्पद वस्तु देखेमा नागरिकले सूचना दिनुपर्ने बताए।
  • चतुर्वेदीले नयाँ बम बनाउने मानसिकता सबैभन्दा खतरनाक भएको उल्लेख गर्दै, निर्वाचन सुरक्षाका लागि एकीकृत सुरक्षा योजना अनुसार चारै सुरक्षा निकाय परिचालन भइसकेको जानकारी दिए।
समाचार सारांशGenerated using AI.


प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वेदीले युद्धका बेला राखिएका बमहरु निर्मूल गर्न सरकारले कार्यदल र नीति नै बनाएर फेरि एक दुई वर्षको लागि काम गर्न सक्ने बताएका छन् ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा शुक्रबार भएको बारुदी सुरुङ तथा विस्फोटक पदार्थ सम्बन्धमा सरोकारवालाहरुसँगको छलफलमा उनले आम जनतामा त्रासको वातावरण नबन्ने गरि नेपाल सरकारले विस्फोटक पदार्थ सम्बन्धमा कार्यदल र नीति नै बनाएर काम गर्नुपर्ने बताए ।

तत्कालिन विद्रोही र अहिले मूलधारमा आएको पार्टीले पनि विगतमा कुनै विस्फोटक पदार्थ राखेको स्थान याद भए जानकारी दिएर सरकारलाई सहयोग गर्न सक्ने पनि उनको भनाई छ ।

उनले भने, ‘आम नागरिकले शंकास्पद सामान देखेर खबर गरेको खण्डमा हामीले त्यसमा काम गर्नेछौ । तत्कालिन विद्रोही पार्टी अहिले मूलधारमा आएको अवस्था छ । अझै पनि उहाँहरुलाई केही जानकारीहरु छ विगतमा यो ठाँउमा राखेका छौ भन्ने खालको जानकारी छ भने अझै पनि सरकारलाई सहयोग गर्न सक्नुहुन्छ । डराउनुपर्ने अवस्था नभएपनि सरकारले यसको लागि कार्यदल र नीति नै बनाएर फेरि एक दुई वर्षको लागि काम गर्न सकिन्छ ।’

यस्तै, उनले भएका बमहरु भन्दा पनि नयाँ बम बनाउने मानसिकता सबैभन्दा खतरनाक भएको भन्दै त्यस्तो मानसिकताको त्याग नहुदाँसम्म यसलाई रोक्न नसक्ने बताए । उनले भने, ‘भएको बमलाई खतम गर्ने भन्दा अब बन्ने बम र त्यो बनाउने मानसिकता सबैभन्दा खतरनाक हो । त्यस्तो मानसिकता त्याग नहुँदासम्म यसलाई रोक्न सक्ने अवस्था हुदैँन् । अहिले पनि साना साना आन्दोलनमा पनि बिस्फोट गराउने मानसिकता अहिलेको लागि खतरनाक बनेको छ।’

निर्वाचन सुरक्षाको लागि नेपाल सरकारले एकीकृत सुरक्षा योजना पास गरेको भन्दै त्यही अनुसार चार वटै सुरक्षा निकाय परिचालित भएको पनि उनको भनाई छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...