बारामा निर्वाचन प्रहरीको उत्साह : आवेदन दिनेहरूको घुइँचो

Author

सजिलो पत्रिका

२०८२ पुस २५, शुक्रबार

40
Share
Featured
  • बारामा आगामी फागुन २१ प्रतिनिधिसभा निर्वाचनका लागि म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु भएसँगै पहिलो दिनै ठूलो भीड देखिएको छ।
  • भर्ना मापदण्ड अनुसार उम्मेदवारले १८–५४ वर्षको उमेर पूरा गरेको हुनुपर्छ, र भर्ना भएका म्यादी प्रहरीको कार्यअवधि ४० दिनको हुनेछ। बारामा कुल ४,०३४ म्यादी प्रहरी आवश्यक परेका छन्।
  • यसपटक देशभर १,३३,९८० जना म्यादी प्रहरी भर्ना गरी निर्वाचन शान्तिपूर्ण सञ्चालन गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका करिब डेढ लाख सुरक्षाकर्मी परिचालन गरिनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरी (निर्वाचन प्रहरी) भर्ना प्रक्रिया सुरु भएसँगै बारामा युवाहरूको उत्साहजनक सहभागिता देखिएको छ ।

भर्नाको पहिलो दिन नै जिल्ला प्रहरी कार्यालय बारामा आवेदन दिनेहरूको ठूलो भीड लागेको छ।पहिलो दिन नै देखिएको युवाहरूको उपस्थितिले स्थानीय स्तरमा निर्वाचन प्रतिको चासो र रोजगारीको अवसर दुवैलाई प्रतिबिम्बित गरेको छ ।

भर्ना हुन चाहने उम्मेदवारहरूका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने मापदण्ड तोकिएको छ । भर्ना भएका म्यादी प्रहरीको कार्यअवधि ४० दिनको हुनेछ ।

बारा प्रशासनले जिल्लाका विभिन्न मतदान केन्द्रको सुरक्षा र निर्वाचन व्यवस्थापनका लागि कुल ४ हजार ३४ जना म्यादी प्रहरीको माग गरेको छ । आवेदन दिने म्याद आगामी माघ १ गतेसम्म तोकिएको छ ।

सरकारले यसपटकको निर्वाचनका लागि देशभर कुल १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरी भर्ना गर्ने लक्ष्य राखेको छ ।

निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना अन्तर्गत करिब डेढ लाख सुरक्षाकर्मी परिचालन गरिँदैछ । जसमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका जनशक्तिहरूबीच समन्वय रहने जनाइएको छ ।

यो समाचारमा

बाराकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...