प्रतिनिधिसभा निर्वाचन : निर्वाचन प्रहरीमा आवेदन दिने युवाको भीड

Author

सजिलो पत्रिका

२०८२ पुस २५, शुक्रबार

39
Share
Featured
  • आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना म्यादी निर्वाचन प्रहरी भर्ना खुलाएको छ।
  • आवेदन पुस २५ देखि माघ १ गतेसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित जिल्ला प्रहरी कार्यालय वा काठमाडौं, ललितपुर, भक्तपुर प्रहरी परिसरमा दिन सकिन्छ।
  • आवेदन दिन काठमाडौं प्रहरी परिसरमा युवाहरूको ठूलो भीड देखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन प्रहरी भर्ना खुलेसँगै काठमाडौंमा युवाहरूको भीड देखिएको छ ।

शुक्रबार भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा निर्वाचन प्रहरीको आवेदन दिनका लागि युवाहरू लामो लाइन देखिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार यस पटकको निर्वाचनका लागि १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको छ ।

नेपाल प्रहरीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि १ लाख ३३ हजार बढी ‘निर्वाचन प्रहरी’ (म्यादी प्रहरी)का लागि भर्ना खुलाएको छ ।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग (भर्ना छनोट शाखा) ले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरेको छ ।

म्यादी प्रहरीमा जागिर खान इच्छुकले दरखास्त फाराम पुस २५ गतेदेखि माघ १ गतेसम्म सार्वजनिक बिदा दिनसमेत बुझाउन सक्नेछन् ।

फारम बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित जिल्ला प्रहरी कार्यालय तथा काठमाडौं, ललितपुरभक्तपुर जिल्ला प्रहरी परिसरबाट बुझाउन सकिनेछ ।

यो समाचारमा

ललितपुरभक्तपुरकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...