एट्लेटिकोलाई हराउँदै रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा

Author

सजिलो पत्रिका

२०८२ पुस २५, शुक्रबार

79
Share
Featured
  • रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराउँदै स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गर्‍यो।
  • फेडेरिको भाल्भेर्देले सुरुवाती ७७ सेकेन्डमै गोल गरे, रोड्रिगोले ५५औँ मिनेटमा अग्रता दोब्बर बनाए, एट्लेटिकोका सोर्लोथले ५८औँ मिनेटमा एक गोल फर्काए।
  • फाइनलमा रियल म्याड्रिड र बार्सिलोनाबीच आइतबार भिडन्त हुनेछ; बार्सिलोनाले एथ्लेटिक क्लबलाई ५-० ले हराएको थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

रियल म्याड्रिड चिरपरिचित प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।

साउदी अरेबियाको जेद्दाहमा भएको सेमिफाइनल खेलको सुरुवाती ७७ सेकेन्डमै कप्तान फेडेरिको भाल्भेर्देले उत्कृष्ट गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ५५औँ मिनेटमा रोड्रिगोले गोल गर्दै अग्रता दोब्बर पारे ।

खेलको ५८औं मिनेटमा एट्लेटिकोका लागि अलेक्जान्डर सोर्लोथले हेडरमार्फत एक गोल फर्काए पनि हार टार्न सकेनन् ।

अब उपाधिका लागि रियल म्याड्रिडले अर्को चिरप्रतिद्वन्द्वी बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ । आइतबार हुने फाइनल खेलमा यी दुई टोली भिड्नेछन् । बार्सिलोनाले पहिलो सेमिफाइनलमा एथ्लेटिक क्लबलाई ५-० को फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...