कांग्रेस संस्थापन पक्षको केन्द्रीय सदस्य भेला आज

Author

सजिलो पत्रिका

२०८२ पुस २५, शुक्रबार

31
Share
Featured
  • नेपाली कांग्रेसको संस्थापन पक्षले आज बानेश्वरमा केन्द्रीय सदस्यहरूको भेला बोलाएको छ।
  • पार्टीभित्र उत्पन्न परिस्थितिबारे छलफल गर्न सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ।
  • विशेष महाधिवेशन आह्वानपछि अपनाउने रणनीतिबारे भेलामा छलफल केन्द्रित रहनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसको संस्थापन पक्षले आज (शुक्रबार) केन्द्रीय सदस्यहरूको भेला बोलाएको छ । बिहान १० बजे काठमाडौंको बानेश्वरस्थित आनन्दभूमि पार्टी प्यालेसमा भेला आयोजना गरिएको हो ।

भेलाको संयोजन केन्द्रीय सदस्य किरण पौडेलले गरेका छन् । उनले पार्टीभित्र उत्पन्न परिस्थितिबारे छलफल गर्न सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरेका छन् ।

महामन्त्रीद्वय गगन थापाविश्वप्रकाश शर्माले यही पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन आह्वान गरिसकेको अवस्थामा संस्थापन पक्षले आफ्नो रणनीति तय गर्न यो भेला बोलाएको हो । भेलामा विशेष महाधिवेशनपछिको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।

यो समाचारमा

विश्वप्रकाश शर्मानेपाली काँग्रेसकाठमाडौँगगन थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...