पौष २६ गतेदेखि माघ ३ गतेसम्म ट्राफिक सप्ताह–२०८२ आयोजना हुने

Author

सजिलो पत्रिका

२०८२ पुस २४, बिहिबार

59
Share
Featured
  • काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पौष २६–माघ ३ गतेसम्म सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक नियम पालनामा सुधारका लागि ट्राफिक सप्ताह–२०८२ आयोजना गर्ने।
  • अभियानमा सचेतना कार्यक्रम, स्टिकर टाँस्ने, जेब्रा क्रसिङ तालिम, चालक–सहचालक काउन्सेलिङ, विद्यालय र समुदायमा जागरण कार्यक्रमहरू सञ्चालन हुने।
  • प्रहरीका अनुसार चालकको व्यवहार सुधार, सडक र सवारी साधनको अवस्था सुधार नगरेसम्म दुर्घटना न्यूनिकरण चुनौतीपूर्ण छ; ट्राफिक जाम र सवारी वृद्धि व्यवस्थापनका लागि जनचेतना बढाउनेमा जोड दिइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनिकरण विशेष अभियान तथा ट्राफिक सप्ताह– २०८२ आयोजना गर्ने भएको छ ।

बिहीबार कार्यालयमा पत्रकार सम्मेलनको आयोजनागरी प्रहरी उपरीक्षक नरेशराज सुवेदीले आगामी पौष २६ गते देखि माघ ३ गतेसम्म ट्राफिक सप्ताह–२०८२ आयोजना गर्न लागेको जानकारी दिए ।

उनले सवारी दुर्घटना न्यूनीकरण गर्ने, सडक प्रयोगकर्ताको व्यवहारमा सुधार गर्ने , ट्राफिक नियमको निष्पक्ष पालना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिए ।

उनले भने,‘सवारी दुर्घटना न्यूनीकरण गर्ने, सडक प्रयोगकर्ताको व्यवहारमा सुधार गर्ने, ट्राफिक नियमको निष्पक्ष पालना गर्ने, सडक दुर्घटनाबाट हुने मानवीय, सामाजिक तथा आर्थिक क्षति न्यूनिकरण गरी अनुशासित यातायात प्रणालीको विकासमा टेवा पुर्याउनजे उद्देश्यले गर्न लागेको हौं ।’

उनले मुख्य चोकहरूमा सचेतना कार्यक्रम, सवारी साधनमा स्टिकर टाँस्ने, माइकिङ, जेब्रा क्रसिङ नभएका ठाउँमा सुरक्षित बाटो काट्ने तालिम, चालक–सहचालकलाई विशेष काउन्सेलिङ, विद्यालय, आमा समूह र टोल सुधार समितिमा जागरण कार्यक्रमहरू सञ्चालन गरिने पनि जानकारी दिए ।

उपरीक्षक जोशीले चालकको व्यवहारमा सुधार र सडक तथा सवारी साधनको अवस्थामा सुधार नगरेसम्म दुर्घटना न्यूनिकरण गर्न अत्यन्तै चुनौतीपूर्ण रहेको बताए । चालकको व्यवहारमा सुधार

उनले भने,‘चालकको व्यवहारमा सुधार, सडक तथा सवारी साधनको अवस्थामा सुधार नगरेसम्म दुर्घटना न्यूनिकरण गर्न अत्यन्तै चुनौतीपूर्ण हुने भएकाले सडक प्रयोगकर्ताहरुको व्यवहार सुधारको लागि रात्रिकालिन समयमा सचेतना, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, तिव्र गति, रातो बत्ती र लेन अनुशासन कायम नगर्नेलाई जनचेतना कार्यक्तम समेत सञ्चालन गरेको छौं । सडक प्रयोगकर्ताहरुको व्यवहार सुधार गरी दुर्घटना न्यूनिकरण गर्नु ट्राफिक प्रहरीको मुख्य प्राथमिकताको विषय हो ।’

सवारी साधनको संख्यामा उल्लेखनीय वृद्धि भइरहेको र सो अनुपातमा सडकको विकास र विस्तार गर्न नसकेकाले सबै प्रकारका सवारी साधनहरु एउटै लेनमा चल्नुपर्ने अवस्थाले ट्राफिक जामको समस्या हुने गरेको उनको भनाई छ ।

‘सवारी साधनको संख्यामा उल्लेखनीय वृद्धि भइरहेको र सो अनुपातमा सडकको विकास र विस्तार गर्न नसकेकोले सबै प्रकारका सवारी साधनहरु एउटै लेनमा चल्नुपर्ने अवस्थाले गर्दा राजधानिका विभिन्न स्थानमा ट्राफिक जामको समस्या हुने गरेको छ । काठमाडौंमा दैनिक १८ लाख भन्दा बढि सवारी साधनहरु चल्ने गरेको तथ्यांकले देखाएको छ’ उनले भने ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...