विश्वप्रसिद्ध होटल चेन म्यारियट अब लुम्बिनीमा : ‘लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा’का रुपमा विकसित हुने

Author

सजिलो पत्रिका

२०८२ पुस २४, बिहिबार

41
Share
Featured
  • म्यारियट इन्टरनेशनल काठमाडौं बाहिर पहिलोपटक रुपन्देहीको लुम्बिनीमा ‘लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा’का रूपमा विस्तार हुँदैछ।
  • रिसोर्टमा म्युजिकल फाउन्टेन, वाटर रेस्टुरेन्ट/स्पा, मिनी क्रुजसहित नेपालकै पहिलो अर्गानिक पाँचतारे वेलनेस लक्जरी अवधारणा लागू हुनेछ।
  • बुद्ध थिम पार्क, स्पोर्ट टुरिजम र दिगो विकासलाई प्राथमिकता दिँदै चालू आर्थिक वर्षभित्र पाँचतारे इजाजतपत्र लिने लक्ष्य राखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

विश्वप्रसिद्ध होटल चेन म्यारियट इन्टरनेशनल अब लुम्बिनीमा विस्तार हुने भएको छ । रुपन्देहीको सियारीमा सञ्चालित लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेड र म्यारियट इन्टरनेशनलबीच व्यवस्थापन सम्झौता समेत भएको छ ।

सम्झौतासँगै रिसोर्ट अब ‘लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा’को ब्रान्ड नाममा स्तरोन्नति भइ संचालन हुने सम्झौतापछिको विज्ञप्तिमा उल्लेख छ । काठमाडौं उपत्यका बाहिर म्यारियट इन्टरनेशनलको यो पहिलो उपस्थिति हो ।

रिसोर्टमा अत्याधुनिक म्युजिकल फाउन्टेन (सङ्गीतमय फोहोरा), थ्रीडी वाटर स्क्रिन, मोटर बोटिङ र मिनी क्रुजको सुविधा उपलब्ध हुनेछ । साथै, नेपालमै पहिलो पटक ‘वाटर रेस्टुरेन्ट’ र ‘वाटर स्पा’ को पनि अवधारणा ल्याइने उल्लेख गरिएको छ ।

रिसोर्ट नेपालकै पहिलो ‘अर्गानिक फाइभ–स्टार वेलनेस लक्जरी रिसोर्ट’ हुनेछ, जसले प्राकृतिक चिकित्सा (नेचुरोथेरापी) र दिगो स्वास्थ्यलाई प्रवद्र्धन गर्नेछ । रिसोर्टले वातावरण संरक्षण, ऊर्जा बचत र दिगो विकासका अन्तर्राष्ट्रिय मापदण्डहरू पालना गर्ने प्रतिबद्धता जनाएको छ ।

भगवान् बुद्धको जन्मस्थल लुम्बिनीको गरिमालाई सम्मान गर्दै रिसोर्ट परिसरमा ‘बुद्ध थिम पार्क’ निर्माण गरिने विज्ञप्तिमा उल्लेख छ । साथै स्पोर्ट टुरिजमलाई पनि प्राथमिकता दिइनेछ ।

रिसोर्टले अन्तर्राष्ट्रिय स्तरको सेवा सुनिश्चित गर्न विजयनान्मारन सन्मुगमलाई सञ्चालन तथा सम्पत्ति विकास उपाध्यक्षमा नियुक्त समेत गरिएको छ ।

सम्झौता कार्यक्रममा रिसोर्टका तर्फबाट अध्यक्ष दीपक पाण्डे र प्रबन्ध निर्देशक रोशन कुमार न्यौपानेको उपस्थिति थियो । साथै, म्यारियट इन्टरनेशनलका तर्फबाट एशिया प्रशान्त क्षेत्रका प्रमुख सञ्चालन अधिकृत नीरज गोविन्द लगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो ।

रिसोर्टले चालू आर्थिक वर्षको अन्त्यसम्ममा आधिकारिक पाँचतारे इजाजतपत्र प्राप्त गर्ने लक्ष्य राखेको छ ।

यो समाचारमा

काठमाडौँरुपन्देहीलुम्बिनी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    केही क्षेत्रमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई

    Data is loading...

    Loading brands...

    Loading footer...