भेनेजुएला प्रकरणमा नेपाल बोल्यो: 'संयम अपनाऊ, सार्वभौमसत्ताको सम्मान गर'

Author

सजिलो पत्रिका

२०८२ पुस २४, बिहिबार

46
Share
Featured
  • अमेरिकाले भेनेजुएलामा सैन्य हस्तक्षेप गरी राष्ट्रपति मादुरोलाई नियन्त्रणमा लिएपछि नेपालले औपचारिक धारणा सार्वजनिक गरेको छ।
  • नेपालले सबै पक्षलाई संयम अपनाउन आग्रह गर्दै सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राजनीतिक स्वतन्त्रताको सम्मानमा जोड दिएको छ।
  • संवाद, कूटनीति र पारस्परिक समझदारीमार्फत विवादको शान्तिपूर्ण समाधान खोज्नुपर्ने नेपालले उल्लेख गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अमेरिकाले भेनेजुएलामा सैन्य हस्तक्षेप गरी राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएको चार दिनपछि नेपाल सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

परराष्ट्र मन्त्रालयले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै भेनेजुएला प्रकरणमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । नेपालले सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन र तनाव बढाउने गतिविधि नगर्न आह्वान गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, "नेपाल संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लिखित सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राज्यको राजनीतिक स्वतन्त्रताको सिद्धान्तको पूर्ण सम्मान गरिनुपर्नेमा जोड दिन्छ ।"

नेपालले भेनेजुएलाको घटनाक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै संवाद, कूटनीति र पारस्परिक समझदारीमार्फत विवादको शान्तिपूर्ण समाधान खोजिनुपर्नेमा जोड दिएको छ ।

गत जनवरी ३ मा अमेरिकी सेनाले भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको थियो ।

यो समाचारमा

काठमाडौँभेनेजुएला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    Data is loading...

    Loading brands...

    Loading footer...