बक्यौता असुल्न राजस्व कार्यालय भैरहवाको अभियान, लक्ष्यभन्दा बढी राजस्व संकलन

Author

सजिलो पत्रिका

२०८२ पुस २३, बुधबार

44
Share
Featured
  • आयकर, भ्याट र अन्तःशुल्क नबुझाएका करदाताबाट करिब १ अर्ब २५ करोड रुपैयाँ असुल गर्ने लक्ष्य राखेर विशेष अभियान सुरु।
  • पत्राचार, घर-ठेगानामा सूचना, मोबाइल एसएमएस र फोनमार्फत राजस्व दाखिला गर्न अनुरोध; २५% भुक्तानीमा अन्य जरिवाना मिनाहा सुविधा।
  • अभियान र बजार अनुगमनका कारण चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा लक्ष्यभन्दा २१% बढी राजस्व संकलन (६ अर्ब ५० करोड vs ५ अर्ब ३६ करोड), करदाताको संख्या ८२ हजारभन्दा बढी।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आन्तरिक राजस्व कार्यालय भैरहवाले करदाताबाट उठाउन बाँकी रहेको बक्यौता असुलीका लागि विशेष अभियान सञ्चालन गरेको छ । आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क नबुझाएका करदाताबाट करिब एक अर्ब २५ करोड रुपैयाँ असुल गर्ने लक्ष्यसहित कार्यालयले यो अभियान थालेको हो ।

कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलका अनुसार, करदातालाई पत्राचार गर्ने, घर-ठेगानामा सूचना पठाउने, मोबाइलमा एसएमएस गर्ने र टेलिफोनमार्फत सम्पर्क गरी राजस्व दाखिला गर्न अनुरोध गरिएको छ ।

लामो समयदेखि विवरण नबुझाउने करदातालाई पनि कार्यालयले ताकेता गरेको छ । २०८२ पुस मसान्तभित्र भ्याट विवरण, कर र लाग्ने ब्याजको २५ प्रतिशत बुझाएमा अन्य जरिवाना र थप दस्तुर मिनाहा हुने सुविधा रहेको कार्यालयले जनाएको छ ।

यही अभियान र प्रभावकारी बजार अनुगमनका कारण कार्यालयले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा लक्ष्यभन्दा २१ प्रतिशत बढी राजस्व संकलन गरेको छ । साउनदेखि मंसिरसम्ममा ५ अर्ब ३६ करोड लक्ष्य रहेकोमा ६ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन भएको हो, जुन गत वर्षको सोही अवधिको तुलनामा ४४.२ प्रतिशतले बढी हो ।

कार्यालयको कार्यक्षेत्रभित्र ८२ हजारभन्दा बढी व्यावसायिक करदाता रहेका छन् ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    १० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने सेबोनको लक्ष्य

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको, प्रविधिमैत्री र विविध वित्तीय उपकरणयुक्त बनाउने लक्ष्यसहित ‘नेपालको पुँजी बजार विकास मार्गचित्र–२०८३’ सार्वजनिक गरेको छ।मंगलबार सार्वजनिक गरिएको १२४ पृष्ठको मार्गचित्रले पुँजी बजारलाई बैंकिङ प्रणालीको पूरक मात्र नभई नेपालको आर्थिक विकासको दोस्रो प्रमुख स्तम्भका रूपमा स्थापित

    Data is loading...

    Loading brands...

    Loading footer...