राष्ट्रियसभा निर्वाचन: एमालेले टुंग्यायो ६ उम्मेदवार, रामकुमारी झाँक्री पनि सूचीमा

Author

सजिलो पत्रिका

२०८२ पुस २३, बुधबार

29
Share
Featured
  • नेकपा (एमाले) ले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ६ जना उम्मेदवार टुंगो लगाएको छ, जसको निर्णय पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका हुन्।
  • एमालेका तर्फबाट रोशनी मेचे, प्रेम दंगाल, सम्झना देवकोटा, रामकुमारी झाँक्री, मिना रखाल र लीला भण्डारी उम्मेदवार बनेका छन् भने मधेश प्रदेशको एक सिट अझै टुंगो लाग्न बाँकी छ।
  • सत्ता गठबन्धनको सहमतिअनुसार एमाले र कांग्रेसले ७–७, माओवादी केन्द्रले ३ र जसपा नेपालले १ सिट लिने सहमति भएको छ, र आज देशभर मनोनयन दर्ता हुँदैछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आफ्ना ६ जना उम्मेदवारको टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारहरूको नाम टुंगो लगाएका हुन् ।

एमालेबाट उम्मेदवार बन्नेहरूमा रोशनी मेचे, प्रेम दंगाल, सम्झना देवकोटा, रामकुमारी झाँक्री, मिना रखाल र लीला भण्डारी रहेका छन् ।

सत्ता गठबन्धनमा भएको सहमतिअनुसार, एमाले र नेपाली काँग्रेसले ७-७, नेकपा (माओवादी केन्द्र) ले ३ र जसपा नेपालले १ सिट लिने निर्णय भएको थियो । सोहीअनुसार एमालेले आफ्नो भागमा परेको ७ मध्ये ६ सिटमा उम्मेदवार तय गरेको हो । मधेश प्रदेशका लागि एक जना उम्मेदवार भने टुंग्याउन बाँकी रहेको एमालेले जनाएको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि आज (बुधबार) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म देशभर मनोनयन दर्ता हुँदैछ ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)मधेश प्रदेशकाठमाडौँनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा निःशुल्क उपलब्ध गराउने गरी तीन संस्थासँग प्राधिकरणको समझदारी

    काठमाडौं । विपद्‌मा परेका व्यक्तिको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघ र नेपाल एसोसिएसन अफ राफ्टिङ्ग एजेन्सिज् (नारा)सँग समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरेको छ।प्राधिकरणमा बुधबार आयोजित कार्यक्रममा भएको सम्झौताअनुसार वायुसेवा सञ्चालक संघले काठमाडौं उपत्यकाभित्र उद्धार उडान

    Data is loading...

    Loading brands...

    Loading footer...