नेप्से ९.९३ अंकले उक्लियो, कारोबार रकम ७ अर्ब नाघ्यो

Author

सजिलो पत्रिका

२०८२ पुस २२, मङ्गलबार

34
Share
Featured
  • मंगलबार नेप्से परिसूचक ९.९३ अंकले बढेर २६४९.३० विन्दुमा पुगेको छ, सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि उकालो लागेको छ।
  • कारोबार रकम ७ अर्ब १२ करोड रुपैयाँ नाघेको छ, ३३४ स्टकमा ८८ हजार ३६२ पटक शेयर किनबेच भएको छ, जीवन विकास लघुवित्तको शेयरमूल्य ९.९७% ले सर्वाधिक बढेको छ।
  • १३ उपसमूहमध्ये ११ को परिसूचक बढेको छ, वित्त उपसमूहको २.८७% वृद्धिसहित कारोबार रकमको आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रह्यो।
समाचार सारांशGenerated using AI.


मंगलबार शेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन सोमबारको वृद्धिलाई निरन्तरता दिँदै मंगलबार नेप्से परिसूचक ९.९३ अंकले बढेर २६४९.३० विन्दुमा पुगेको हो ।

यस दिन सेन्सेटिभ इण्डेक्स २.३१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७९ अंकले उकालो लागेको छ । नेप्सेसँगै मंगलबार कारोबार रकम पनि बढेको छ ।

सोमबार ६ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ३३४ वटा स्टकको ८८ हजार ३६२ पटकको कारोबारमार्फत ७ अर्ब १२ करोड ३३ लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड ४८ लाख ३१ हजार कित्ता शेयर किनबेच भएको छ ।

शेयरमूल्य वृद्धितर्फ यस दिन जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको छ । त्यस्तै, थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतले उक्लिएको छ भने हिमालयन ८०–२० को इकाईमूल्य करिब साढे ७ प्रतिशतले बढेको छ । यता, रु रु जलविद्युत परियोजनाको शेयरमूल्य भने सर्वाधिक ८.४१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रह्यो । उक्त कम्पनीको मंगलबार २४ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, बुटवल पावर कम्पनीको साढे २३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ ।

१३ उपसमूहमध्ये मंगलबार ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.८७ प्रतिशतले बढेको हो । कारोबार रकमका आधारमा होटल तथा पर्यटन तथा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने सामान्य घटेको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    १० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने सेबोनको लक्ष्य

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको, प्रविधिमैत्री र विविध वित्तीय उपकरणयुक्त बनाउने लक्ष्यसहित ‘नेपालको पुँजी बजार विकास मार्गचित्र–२०८३’ सार्वजनिक गरेको छ।मंगलबार सार्वजनिक गरिएको १२४ पृष्ठको मार्गचित्रले पुँजी बजारलाई बैंकिङ प्रणालीको पूरक मात्र नभई नेपालको आर्थिक विकासको दोस्रो प्रमुख स्तम्भका रूपमा स्थापित

    Data is loading...

    Loading brands...

    Loading footer...