मुगुमा सामाजिक न्याय र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि तीन समूहबीच साझा सहमति

Author

सजिलो पत्रिका

२०८२ पुस २२, मङ्गलबार

34
Share
Featured
  • मुगुमा जेनजी समूह, सुपो अभियान र छाउल्या सेवा समाजबीच सामाजिक न्याय, सुशासन र भ्रष्टाचारविरुद्ध सहकार्य गर्ने समझदारी भएको छ।
  • समझदारीले मानव अधिकार, पारदर्शिता, उत्तरदायी नेतृत्व र युवाका मुद्दालाई राष्ट्रिय बहसमा ल्याउने लक्ष्य राखेको छ।
  • गैर–राजनीतिक र स्वतन्त्र पहलका रूपमा जनचेतना, नागरिक शिक्षा, शान्तिपूर्ण आन्दोलन र सामाजिक निगरानीमा संयुक्त काम गर्ने सहमति गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मुगुमा सामाजिक न्याय, सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणको साझा उद्देश्यसहित विभिन्न अनौपचारिक संगठन तथा नागरिक समूहबीच नैतिक समन्वयता पत्रमा सहमति भएको छ।

लोकतान्त्रिक मूल्य–मान्यता, मानव अधिकार, पारदर्शिता र उत्तरदायित्व सुदृढ गर्ने लक्ष्यसहित मुगुका जेनजी समूह, सुपो अभियान तथा छाउल्या सेवा समाजबीच साझा समझदारी भएको हो।

समझदारी पत्रमा सामाजिक अन्याय, भ्रष्टाचार, शक्ति दुरुपयोग तथा दण्डहीनताले लोकतन्त्रलाई कमजोर बनाइरहेको वर्तमान अवस्थालाई गम्भीर चुनौतीका रूपमा उल्लेख गरिएको छ। साथै, युवामा बढ्दो निराशा र राजनीतिक अस्थिरताले भविष्यप्रति चिन्ता बढाएको जनाउँदै सामाजिक रूपान्तरणका लागि साझा पहल आवश्यक रहेको धारणा व्यक्त गरिएको छ।

समझदारीअनुसार सामाजिक न्याय, समानता र मानव अधिकारको प्रवद्र्धन, भ्रष्टाचार तथा दण्डहीनताको विरोध, पारदर्शी र उत्तरदायी नेतृत्व विकास, नागरिक–केन्द्रित लोकतान्त्रिक सहभागिता विस्तार तथा नयाँ पुस्ताले उठाएका मुद्दालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउने लक्ष्य राखिएको छ।

यसैगरी, नैतिकता र इमान्दारितालाई प्रमुख मार्गदर्शक सिद्धान्तका रूपमा लिँदै सबै नागरिकको गरिमा, अवसर र अधिकारको सम्मान गर्ने, अहिंसात्मक र लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने तथा वर्ग, जाति, लिङ्ग, क्षेत्र र विचारको समानताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाइएको छ।

समझदारीअनुसार भ्रष्टाचारविरुद्ध जनचेतना अभियान सञ्चालन गर्ने, नागरिक शिक्षा र युवा सशक्तीकरणमा जोड दिने, अनुसन्धान तथा तथ्यमा आधारित वकालत गर्ने, संयुक्त वक्तव्य तथा शान्तिपूर्ण आन्दोलन गर्ने तथा सार्वजनिक निकायहरूको सामाजिक निगरानी गर्ने क्षेत्रमा सहकार्य गरिने जनाइएको छ।

तीन समूहले आफूलाई गैर–राजनीतिक र स्वतन्त्र पहलका रूपमा परिभाषित गरेका छन्। कुनै राजनीतिक दल वा औपचारिक संस्था निर्माण नगर्ने, सबै पक्षको संगठनात्मक स्वतन्त्रता सुरक्षित राख्ने र सहभागिता स्वेच्छिक रहने स्पष्ट गरिएको छ।

समझदारी पत्रमा जेनजी समूहको तर्फबाट समाज हमाल, सुपो अभियानको तर्फबाट सुसिल कुमार भाम तथा छाउल्या सेवा समाजको तर्फबाट बिर्ख बहादुर मल्लले हस्ताक्षर गरेका छन्। उक्त समझदारी आज देखि लागू हुने जनाइएको छ।

यो समाचारमा

काठमाडौँमुगु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...