कोलम्बियामाथि ट्रम्पको कडा टिप्पणी, अमेरिकी हस्तक्षेपको आशंका बढ्यो

Author

सजिलो पत्रिका

२०८२ पुस २१, सोमबार

43
Share
Featured
  • अमेरिकी राष्ट्रपति ट्रम्पले कोलम्बियालाई ‘एउटा बिरामी मानिसले चलाएको देश’ भन्दै वर्तमान नेतृत्व दीर्घकाल टिक्ने छैन भनेको टिप्पणीले हस्तक्षेपको आशंका बढाएको छ।
  • कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले अमेरिकी आक्रामकताको विरोध गर्दै ल्याटिन अमेरिकालाई एकजुट हुन आह्वान गरेका छन्।
  • ट्रम्पले क्यूबालाई पनि निशाना बनाए, भेनेजुएलाबाट तेलमा निर्भर रहेकाले सैन्य कारबाही आवश्यक नपर्ने दाबी गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले कोलम्बियाबारे दिएको कडा र अभूतपूर्व टिप्पणीले कोलम्बियामा समेत अमेरिकी हस्तक्षेपको आशंका बढेको छ ।

ट्रम्पको टिप्पणीले अन्तर्राष्ट्रिय स्तरमा विवाद चर्काएको छ । वासिङ्टनमा पत्रकारहरूसँगको छोटो संवादका क्रममा ट्रम्पले कोलम्बियालाई ‘एउटा बिरामी मानिसले चलाएको देश’ भन्दै वर्तमान नेतृत्व ‘धेरै समय टिक्ने छैन’ भन्ने टिप्पणी गरेका हुन् ।

पत्रकारले यसले कोलम्बियामा अमेरिकी कारबाहीको संकेत हो कि भनेर सोध्दा ट्रम्पले ‘मलाई त ठीकै लाग्छ’ भन्दै जवाफ दिएका थिए । उनको यो छोटो अभिव्यक्तिले कोलम्बियामा सम्भावित अमेरिकी हस्तक्षेपको अड्कलबाजी बढाएको छ भने व्यापक आलोचना समेत भएको छ ।

कोलम्बिया लामो समयदेखि लागूऔषध नियन्त्रण, क्षेत्रीय सुरक्षा र आर्थिक सहकार्यका क्षेत्रमा अमेरिकाको नजिकको साझेदार रहँदै आएको छ । यता, कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले अमेरिकाले देखाएको ‘आक्रामकता’ विरुद्ध ल्याटिन अमेरिकालाई एकजुट हुन आह्वान गरेका छन् ।

पेट्रोले सामाजिक सञ्जाल एक्समा लेख्दै दक्षिण अमेरिकी राजधानीमाथि बमबारी गर्ने विश्वको पहिलो देश अमेरिका भएको दाबी गरे ।

‘यो घाउ लामो समयसम्म रहनेछ । बदला होइन, एकता नै आवश्यक छ,’ उनले उल्लेख गरेका छन् । साथै उनले ल्याटिन अमेरिका एकताबद्ध नभए दासझैँ व्यवहार गरिने चेतावनी दिँदै क्षेत्रीय सहकार्य मजबुत बनाउन आग्रह गरेका छन् ।

यसैबीच, ट्रम्पले अर्को ल्याटिन अमेरिकी देश क्यूबालाई पनि निशाना बनाएका छन् । एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै उनले क्यूबा आर्थिक रूपमा पतनको संघारमा रहेको र भेनेजुएलाबाट प्राप्त तेलमा निर्भर रहेकाले त्यहाँ कुनै सैन्य कारबाही आवश्यक नपर्ने दाबी गरे ।

ट्रम्पको लगातारको कडा अभिव्यक्तिले ल्याटिन अमेरिकासँग संयुक्त राज्य अमेरिकाको सम्बन्धको भावी दिशा र कूटनीतिक भाषाशैलीबारे गम्भीर प्रश्न उठाएको छ ।

यो समाचारमा

संयुक्त राज्य अमेरिकाडोनाल्ड जोन ट्रम्पकोलम्बियाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    इरान वार्तामा नआए विद्युत केन्द्र र रणनीतिक पुलहरू ध्वस्त पार्ने ट्रम्पको कडा चेतावनी

    एजेन्सी । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मंगलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । साथै, इरानी बन्दरगाहतर्फ आउने-जाने जहाजहरू रोक्ने उद्देश्यसहित नौसैनिक नाकाबन्दी पुनः लागू गरेपछि वासिङ्टन र तेहरानबीचको तनाव थप चुलिएको छ । इरानी पक्षले यस कदमले युद्धविराम तथा शान्ति वार्ताका लागि भएको

    Data is loading...

    Loading brands...

    Loading footer...