मकवानपुर सुमो दुर्घटनामा ज्यान गुमाउने तथा घाइतेहरूको खुल्यो पहिचान

Author

सजिलो पत्रिका

२०८२ पुस २१, सोमबार १८:४७

48
Share
Featured
  • भीमफेदी–६ जुरीखेतमा सुमो सडकबाट करिब १०० मिटर तल खस्दा ६ जनाको मृत्यु र ३ जना घाइते भएका छन्।
  • मृतकमध्ये चार जनाको पहिचान खुलेको छ भने दुई जनाको उपचारकै क्रममा मृत्यु भएको र पहिचान खुलाउने प्रयास जारी छ।
  • घाइतेमध्ये चालक र एक बालकलाई भरतपुर रिफर गरिएको छ, एक जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरीखेतमा भएको सुमो दुर्घटनामा ज्यान गुमाउने तथा घाइते हुनेहरूको पहिचान खुलेको छ ।

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो आइतबार साझ भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्ड अन्तर्गत जुरिखेतमा सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको थियो ।

दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मकवानपुर प्रहरीका अनुसार मृतकहरूमा भारत बिहार राज्य पटना बस्ने अन्दाजी ४२ वर्षीय रजनिस कुमार, मकवानपुर हेटौडा उपमहानगरपालिका–४ कमलडाँडा बस्ने अन्दाजी ४० वर्षीया सबिता लम्साल, हेटौँडा उपमहानगरपालिका–२ कान्तिराजपथ बस्ने अन्दाजी २९ वर्षीय निखिल अग्रवाल, भारत बिहार राज्य बेगुसराई बस्ने अन्दाजी ४९–५० वर्षीय अरबिन्द कुमार रहेका छन् ।

यस्तै, तत्काल नाम, थर र वतन नखुलेका दुई जना पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको पहिचान खुलाउने प्रयास भइरहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी पुष्कर बोगटीले जानकारी दिए ।

दुर्घटनामा घाइते हुनेमा सुमो चालक हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोक बस्ने अन्दाजी ४०–४५ वर्षीय गणेश थापा, दुर्घटनामा मृत्यु भएकी सबिता लम्सालका १२ वर्षीय छोरा अभ्यास लम्साल र रौतहट चन्द्रपुर नगरपालिका–२ बस्ने २१ वर्षीया रिचा चौधरी रहेका छन् ।

गम्भीर घाइते चालक गणेश थापा र बालक अभ्यास लम्साललाई थप उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर चितवन रिफर गरिएको छ भने रिचा चौधरीको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

यो समाचारमा

मकवानपुरभिमफेदी गाउँपालिकाकाठमाडौँहेटौंडा
भारत5 more

ट्यागहरू

#घाइते#मृत्यु#भारत#दुर्घटना#बिहार राज्य#काठमाडौं#प्रहरी#मकवानपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    sajilo patrika

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू