बाजुराको बुढीगङ्गाका तत्कालीन नगर प्रमुख शाह सहित १४ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

Author

सजिलो पत्रिका

२०८२ पुस २१, सोमबार

39
Share
Featured
  • बुढीगङ्गा नगरपालिकाको नगर भवन निर्माण ठेक्कामा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले तत्कालीन नगर प्रमुख दिपक विक्रम शाहसहित १४ जनाविरुद्ध मुद्दा दायर गर्‍यो।
  • बोलपत्र सर्त बदनियतपूर्वक संशोधन गरी प्रतिस्पर्धा सीमित पार्दै बढी कबोल गर्ने कम्पनीलाई ठेक्का दिएको आरोप छ।
  • अख्तियारले ३ करोड २७ लाख ७८ हजार रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना र बिगो असुलको मागसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बाजुराको बुढीगंगा नगरपालिकाका तत्कालीन नगर प्रमुख दिपक विक्रम शाह सहित १४ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।

नगर भवन निर्माण ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा शाह सहित १४ जना विरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगले तत्कालीन नगर प्रमुख दीपक विक्रम शाह,तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेम काजी महर्जन, तत्कालीन अधिकृत छैटौं नरेन्द्र नाथ, तत्कालीन इन्जिनियर पारस खाती, तत्कालीन सब इन्जिनियर गणेश राज रेग्मी लगायत १४ जनाविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको हो ।

ठेक्कामा मिलेमतो गरी बोलपत्रका सर्तहरू बदनियत पूर्वक संशोधन गरिएको, प्रतिस्पर्धा सीमित पारिएको लगायत बढी कबोल गर्ने कम्पनीलाई ठेक्का दिइएको विरुद्ध मुद्दा दायर गरिएको हो । उनीहरु विरुद्ध ३ करोड २७ लाख ७८ हजार रुपैयाँ बिगो कायम गरि अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले दायर गरेको मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद,जरिवाना र बिगो असुल उपरको माग दाबी गरिएको छ । तत्कालीन नगरप्रमुख शाहसहित प्रतिवादीहरूले आपसी मिलेपतोमा आफूहरूलाई लाभ र नगरपालिकालाई हानीनोक्सानी पुर्याउने उद्देश्यले सो कार्य गरेको अख्तियारको ठहर छ ।

यो समाचारमा

काठमाडौँबुढीगंगा नगरपालिकाबाजुरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...