ओली र प्रचण्डबीच भेटवार्ता, चुनावी तालमेलबारे छलफल

Author

सजिलो पत्रिका

२०८२ पुस २०, आइतबार

23
Share
Featured
  • एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच च्यासलस्थित एमाले कार्यालयमा भेटवार्ता भयो।
  • भेटमा माघ ११ को राष्ट्रियसभा र फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबारे छलफल केन्द्रित रह्यो।
  • ‘जेनजी’ आन्दोलनपछिको पहिलो औपचारिक भेट भएकाले प्रमुख दलबीच सम्भावित चुनावी तालमेलका सन्दर्भमा यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीनेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेटवार्ता भएको छ । ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा भएको भेटमा आसन्न निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।

'जेनजी' आन्दोलनपछि दुई नेताबीच यो पहिलो औपचारिक भेटवार्ता हो ।

प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार, भेटमा आगामी माघ ११ गते हुने राष्ट्रियसभा र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

आगामी निर्वाचनमा प्रमुख तीन दलबीच चुनावी तालमेल गर्ने विषयमा समेत छलफल चलिरहेको बेला भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यो समाचारमा

नेपाली कम्युनिष्ट पार्टीकाठमाडौँखड्गप्रसाद शर्मा ओलीनेपाल कम्युनिष्ट पार्टी (एमाले)
पुष्पकमल दाहाल4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...