बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित, राजमार्गमा सवारी चलाउन कठिन

Author

सजिलो पत्रिका

२०८२ पुस १८, शुक्रबार

37
Share
Featured
  • रौतहटको चन्द्रनिगाहपुर र आसपास क्षेत्रमा बिहानदेखि बाक्लो हुस्सु लागेको कारण दृश्यता कम भई जनजीवन कष्टकर बनेको छ।
  • ट्राफिक प्रहरीले चालकलाई कम गतिमा गाडी चलाउन, हेडलाइट/फग लाइट प्रयोग गर्न, दुरी कायम राख्न र सुरक्षा उपायहरू अपनाउन विशेष आग्रह गरेको छ।
  • चिसो र हुस्सुको प्रभावले बजार, शैक्षिक संस्था र सरकारी कामकाज प्रभावित भएको छ, विशेषगरी वृद्ध, बालबालिका र मजदुरहरू बढी प्रभावित छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

रौतहटको चन्द्रनिगाहपुर खण्डस्थित पूर्व–पश्चिम राजमार्ग लगायत जिल्लाका अधिकांश भू–भागमा आज बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बनेको छ ।

हुस्सुले गर्दा भिजिबिलिटी (दृश्यता) कम भएपछि राजमार्गमा गुड्ने सवारी साधनहरू बत्ती बालेर ढिलो गतिमा गुड्न बाध्य छन् ।

बाक्लो हुस्सु र कुहिरोका कारण सडकमा भिजिबिलिटी कम भई दुर्घटनाको जोखिम बढेपछि ट्राफिक प्रहरीले चालकहरूका लागि विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

हुस्सु लागेको बेला अगाडिको सडक प्रष्ट नदेखिने हुँदा सवारी साधन अत्यन्तै कम गतिमा चलाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका ट्राफिक प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले बताए ।

उनले फग लाइट र हेडलाइटको प्रयोग गर्ने , सवारी साधनको दुरी कायम राख्ने, रिफ्लेक्टिभ स्टिकरको प्रयोग गर्ने र इन्डिकेटर र साइड लाइटको अनिवार्य प्रयोग गर्न सुझाव दिए ।

जाडोयाममा विशेषगरी बिहान र साँझको समयमा सवारीको गति नियन्त्रण, बत्तीको सही प्रयोग तथा अन्य सुरक्षात्मक उपाय अनिवार्य रूपमा अपनाउन सबै सवारी चालकलाई ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

जिल्लाको चन्द्रनिगाहपुर मात्र नभई अन्य स्थानहरूमा पनि शीतलहर र हुस्सुको प्रभाव बढेको छ। चिसोका कारण बजार, शैक्षिक संस्था र सरकारी कामकाज समेत प्रभावित भएको छ भने सर्वसाधारणहरू चोक–चोकमा आगो तापेर बसेका देखिन्छन् । मौसममा आएको यो परिवर्तनले विशेषगरी वृद्धवृद्धा, बालबालिका र दैनिक ज्यालादारी गर्ने मजदुरहरूलाई बढी समस्यामा पारेको छ ।

यो समाचारमा

रौतहटकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...