'सैद्धान्तिक जग गुमाएपछि प्रतिशोध मौलायो'-एमाले नेता बास्कोटा

Author

सजिलो पत्रिका

२०८२ पुस १८, शुक्रबार

33
Share
Featured
  • नेकपा (एमाले) नेता गोकुल बास्कोटाले नेपालमा प्रतिशोधी राजनीतिले जरा गाड्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
  • उनले पाकिस्तानी र बंगलादेशी मोडेलको प्रतिशोधी राजनीतिक अभ्यास नेपाली राजनीतिमा पनि देखा परेको बताएका छन्।
  • बास्कोटाले घृणा, बदला र टकरावको राजनीति हावी हुँदा लोकतान्त्रिक मूल्यमा क्षति पुग्ने चेतावनी दिँदै सबै राजनीतिक दललाई आत्मसमीक्षा गर्न आग्रह गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता गोकुलप्रसाद बास्कोटाले नेपालमा प्रतिशोधी राजनीतिले जरा गाड्न थालेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले पाकिस्तानी र बंगलादेशी मोडेलको प्रतिशोधी राजनीतिक अभ्यास अब नेपाली राजनीतिमा पनि देखिन थालेको टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बास्कोटाले लेखेका छन्, “लामो समयदेखि चल्दै आएको पाकिस्तानी र पछिल्लो समय जरा गाड्दै गएको बंगलादेशी मोडेलको प्रतिशोधी राजनीतिले अब नेपाली राजनीतिमा टुसा हालेको प्रष्ट संकेत दिन थालेका छन् ।”

उनका अनुसार, राजनीति अत्यधिक सत्ताकेन्द्रित हुँदै जाँदा र सैद्धान्तिक जग गुमाउँदै गएपछि यस्तो अवस्था आएको हो ।

उनले घृणा, बदला र टकरावको राजनीति हावी हुँदा लोकतान्त्रिक मूल्य-मान्यतामा क्षति पुग्ने भन्दै सचेत गराएका छन् । “यसले घृणाको सीमारेखा काटेर हिंस्रक बाटो नसमाओस्,” भन्दै उनले सबै राजनीतिक दलहरूलाई आत्मसमीक्षा गर्न आग्रह गरेका छन् ।


यो समाचारमा

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)गोकुलप्रसाद बास्कोटा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...