बढुवा भएका महानगरका सात प्रहरी नायव उपरीक्षकलाई दज्र्यानी चिन्ह

Author

सजिलो पत्रिका

२०८२ पुस १७, बिहिबार

35
Share
Featured
  • काठमाडौं महानगर प्रहरी बलका सात वरिष्ठ नगर प्रहरी निरिक्षकलाई नगर प्रहरी नायव उपरीक्षकमा बढुवा गरी दज्र्यानी चिन्ह प्रदान गरिएको छ, जसमा एक जना महिला पनि छन्।
  • २०८० सालमा ल्याइएको महानगर प्रहरी ऐन र २०८२ सालमा संशोधनले छुट्टै पदपूर्ति प्रक्रिया, समितिहरू र रिक्त दरबन्दीमा स्वतः परिपूर्ति हुने व्यवस्था सुनिश्चित गरेको छ।
  • यस ऐनले महानगर प्रहरीको व्यवस्थितरण, आन्तरिक बढुवा र खुल्ला छनोटमार्फत प्रहरी व्यवस्थापन सुदृढ बनाएको र जनताको विश्वास जित्नुपर्ने आवश्यकता औंल्याएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौं महानगर प्रहरी बलका सातजना वरिष्ठ नगर प्रहरी निरिक्षकलाई बढुवा गरी नगर प्रहरी नायव उपरीक्षक पदको दज्र्यानी चिन्ह प्रदान गरिएको छ ।

बिहीबार काठमाडौँ महानगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै उक्त दज्र्यानी चिन्ह प्रदान गरिएको हो ।

सोही क्रममा काठमाडौं महानगरपालिकका प्रहरी प्रमुख राजु पाण्डेले छुट्टै ऐन, पदपूर्ति प्रक्रिया र समितिलगायत रिक्त दरबन्दीमा स्वतः परिपुर्र्ति हुने २०८० सालमा महानगर प्रहरी ऐनलाई संशोधनसहित भर्खरै सम्पन्न भएको नगरसभाले ल्याएको बताए ।

उनले ३३ वर्षको अवधिमा ०७९ साल पछिको अहिले तीन वर्षको अवधि महानगरप्रहरी व्यवस्थित गर्नको लागि महत्वपूर्ण भएको पनि बताए ।

उनले भने, ‘२०८० सालमा महानगर प्रहरी ऐन ल्याइयो र संशोधनसहित २०८२ अस्ति भर्खर सम्पन्न भएको नगरसभाबाट ल्याइयो । त्यसपछि यसको छुट्टै ऐन, छुट्टै पदपूर्ति प्रक्रिया, छुट्टै समितिलगायत रिक्त दरबन्दीमा स्वत परिपुर्ति हुने, प्रहरी जवान, प्रहरी सहायक निरिक्षक, नगर प्रहरी निरिक्षक रहेका छन् । आन्तरिक रुपमा बढुवा हुने र खुल्ला रुपमा छनोट भएर प्रहरीहरु ल्याउने ऐन बनेको छ । महानगरप्रहरीको लागि यो कोशेढुंगा हो । ३३ वर्षको अवधिमा यो ०७९ साल पछिको अहिले तीन वर्षको अवधि महानगरप्रहरी व्यवस्थित गर्नको लागि ठूलो काम भएको छ ।’

आफू नरहे पनि महानगरप्रहरी सँधैैँ रहने भन्दै यसको सानलाई जोगाउनको लागि जनताको विश्वास जितेर काम गर्ने तर्फ निर्देशित हुनुपर्ने पनि उनको भनाइ छ । अहिले पदोन्नती भएका एक जना महिलासहित सात जना रहेका छन् ।

उनले बढुवा भई नगर प्रहरी नायव उपरीक्षक पदको दज्र्यानी चिन्ह प्राप्त गर्ने सात जना प्रहरी मध्य एक जना महिला पनि रहेको जानकारी दिए ।

यो समाचारमा

काठमाडौँ महानगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...