प्रधानमन्त्री र प्रसाईंबीच भेटवार्ता, आइतबारसम्म सहमति बन्ने

Author

सजिलो पत्रिका

२०८२ पुस १७, बिहिबार

37
Share
Featured
  • भेटवार्ता र सकारात्मक संकेत: प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंबीच सिंहदरबारमा भएको भेटवार्ता सकारात्मक रहेको र सरकार सम्भव हुने माग पूरा गर्न प्रतिबद्ध रहेको जनाइयो।
  • माग र अन्तिम म्यान्डेट: प्रसाईंले घर–जग्गा लिलाम नहुने, सुकुम्बासी नबनाइने, भ्रष्टाचार र भदौ २३–२४ का घटनामा जिम्मेवारलाई कारवाही गर्ने माग राखेका छन्।
  • सम्झौताको तयारी: सरकार र प्रसाईं समूहबीच आइतबारसम्म सम्झौता गर्ने सहमति भएको छ; नहुँदा आन्दोलनको सम्भावना उल्लेख गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाद प्रसाईबीच भेटवार्ता भएको छ ।

विहीबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदीश खरेल पनि सहभागी थिए ।

भेटवार्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रसाईंले वार्ता सकारात्मक भएको बताएका छन् । वार्तामा सम्भव हुने किसिमका माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए । यसैगरी सरकार र प्रसाईं समूहबीच आइतबार सम्झौता गर्ने सहमति भएको छ । वार्तापछि पत्रकारसँग बोल्दै प्रसाईंले आइतबारसम्म सरकारले समय मागेको दाबी गरे ।

प्रसाईंले भने, ‘मैले गम्भीर तरिकाले कुरा राखेको छु । उहाँहरूले आइतबारसम्म समय माग्नुभएको छ, त्यसदिनसम्म सहमति नभए आन्दोलनमा जान्छौँ । जसमा जेनजीको सरकारले अहिले ११ सय जेनजीहरुलाई थुनामा राखेको छ । यसमा मैंले सरकारलाई प्रश्न गरेको छु–गर्न खोजेको के भनेर ?’

यसैगरी उनले आफूहरुको अन्तिम म्यान्डेट घर–जग्गा लिलाम गर्न नहुने, सुकुम्बासी बन्ने अवस्थाको अन्त्य हुनुपर्ने माग राखेको सुनाए । यसैगरी उनले एउटा पक्षलाई रुवाएर अर्को पक्ष चुनावमा जान नसक्ने बताए ।

उनले भने, ‘हाम्रो अन्तिम म्यान्डेट ठूलो छैन । मागहरु ठूला छैनन् । घर–जग्गा लिलाम नगरिदेउ, सुकुम्बासी नबनाइदेउ, तिर्ने मौका देउ भनेका हौं । भदौ २३ र २४ गतेको घटनाका मान्छेहरुलाई जसले ‘कु’ गरेका छन् तिनीहरुलाई कारवाही गर भनेका हौं । जसले भ्रष्टाचार गरेका छन् तिनीहरुलाई कारवाही गर भनेका हौं । तर सरकारले गर्न सक्दैनौं भन्यो भने आशा मार्दा हुन्छ, त्यसको आशै नगर्दा हुन्छ ।’

यो समाचारमा

सिंहदरवारकाठमाडौँदुर्गा प्रसाद प्रसाईसुशीला कार्की
जगदीश खरेल4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...