मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण अभियान : जोखिम घट्दो

Author

सजिलो पत्रिका

२०८२ पुस १७, बिहिबार

40
Share
Featured
  • मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण: डिभिजन वन कार्यालय बाँकेले फायर लाइन निर्माण, सोलार फेन्स जडान, उद्धार टोली परिचालन र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर द्वन्द्वका घटनामा उल्लेख्य कमी ल्याएको छ।
  • समुदाय सहभागिता र राहत: स्थानीय समुदायको सहभागिता महत्वपूर्ण ठहर गर्दै द्वन्द्वमा घाइते वा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति र राहत प्रदान गर्ने काम जारी छ।
  • दीर्घकालीन योजना: सोलार फेन्स विस्तार, सूचना प्रणाली सुदृढीकरण, उद्धार टोली प्रभावकारी बनाउने र जोखिमयुक्त क्षेत्रको वैज्ञानिक अध्ययन गर्ने योजनाहरू अघि बढाइँदै छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बाँके जिल्लामा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि डिभिजन वन कार्यालय बाँकेले पछिल्लो एक वर्षयता विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । ती कार्यक्रमले जिल्लामा द्वन्द्वका घटनामा उल्लेख्य कमी ल्याएको कार्यालयले जनाएको छ ।

सिनियर डिभिजनल वन अधिकृत शंकर प्रसाद गुप्ताका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा मानव–वन्यजन्तु द्वन्द्वका एक दर्जनभन्दा बढी घटना दर्ता भएका छन्, जसमा अधिकांश घटनालाई समयमै उद्धार र व्यवस्थापनमार्फत नियन्त्रणमा लिन सफल भएको कार्यालयको दाबी छ ।

गुप्ताका अनुसार जोखिमयुक्त क्षेत्रमा फायर लाइन निर्माण, सोलार फेन्स जडान, नियमित उद्धार टोली परिचालन तथा जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखेर काम भइरहेको छ । यी कार्यहरूले वन्यजन्तु बस्तीमा पस्ने जोखिम घटाएको र स्थानीय समुदायमा सचेतना बढाएको उनको भनाइ छ ।

द्वन्द्वका कारण ज्यान गुमाएका वा घाइते भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति तथा राहत वितरणको प्रक्रिया पनि निरन्तर भइरहेको बताउँदै उनले कानुनी प्रक्रिया र कागजी झन्झटका कारण कतिपय अवस्थामा ढिलाइ हुने गरेको स्वीकार गरे।

उनले मानव–वन्यजन्तु द्वन्द्व दीर्घकालीन रूपमा समाधान गर्न स्थानीय समुदाय, सामुदायिक वन, स्थानीय सरकार तथा सुरक्षानिकायसँग सहकार्यलाई अझ मजबुत बनाइएको जानकारी दिए ।

गुप्ताले भने, ‘समुदायको सहभागिता बिना संरक्षण सम्भव हुँदैन, त्यसैले स्थानीय बासिन्दालाई संरक्षणको साझेदार बनाउँदै अघि बढिरहेका छौँ ।’ आगामी दिनमा थप सोलार फेन्स विस्तार, सूचना प्रणाली सुदृढीकरण, उद्धार टोलीलाई थप प्रभावकारी बनाउने तथा जोखिमयुक्त क्षेत्रको वैज्ञानिक अध्ययन गर्ने योजना रहेको उनले बताए ।

संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वय सुदृढ गर्दै बजेट, जनशक्ति र प्रविधिको उचित प्रयोग भए मानव–वन्यजन्तु द्वन्द्वलाई धेरै हदसम्म नियन्त्रणमा ल्याउन सकिने गुप्ताको विश्वास छ ।

यो समाचारमा

काठमाडौँबाँके

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...