सुशासन कायम गर्दै निष्पक्ष निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्न सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

Author

सजिलो पत्रिका

२०८२ पुस १७, बिहिबार

16
Share
Featured
  • निर्वाचन तयारी: गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले विधिको शासन, भ्रष्टाचारमुक्त प्रशासन र सुशासन कायम गर्दै आसन्न निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरे।
  • एफएनएमआइएस प्रणाली: काठमाडौंमा शुभारम्भ गरिएको ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ (एफएनएमआइएस) मार्फत विदेशी नागरिकको सुरक्षा, जानकारी व्यवस्थापन, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवर्धनमा सहयोग पुग्ने लक्ष्य राखिएको छ।
  • सुरक्षा र अन्तर्राष्ट्रिय मान्यता: अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले प्रणालीले विदेशी नागरिकको व्यक्तिगत सुरक्षा, विपद्का समयमा खोज–उद्धार, अपराध अनुसन्धान र नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्यको रूपमा विकासमा योगदान पुर्‍याउने बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार विधिको शासन स्थापित गर्दै भ्रष्टाचारमुक्त प्रशासन र सुशासन कायम गरी निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्ने तयारीमा जुटिसकेको बताएका छन् ।

बिहीबार अध्यागमन विभागद्वारा काठमाडौंमा आयोजित ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस)’ कार्यक्रमको शुभारम्भ गर्दै गृहमन्त्री अर्यालले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे ।

उनले निर्वाचन सफल बनाउन सम्बन्धित सबै सरोकारवाला निकायको यथोचित भूमिका अपेक्षित रहेको समेत बताए । कार्यक्रममा बोल्दै मन्त्री अर्यालले नेपाल भ्रमणमा आउने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण तथा पर्यटन प्रवर्धनमा सहयोग पु-याउने उद्देश्यले आज शुभारम्भ गरिएको एफएनएमआइएस प्रणाली अध्यागमन सूचना व्यवस्थापन प्रणालीमा एक महत्वपूर्ण कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

यस्तै, अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले एफएनएमआइएस प्रणालीले अध्यागमन कानुनअनुसार विदेशी नागरिकको आवतजावत र बसोबासलाई प्रभावकारी बनाउने बताए । यस प्रणालीमार्फत विदेशी नागरिकहरूको व्यक्तिगत सुरक्षा थप मजबुत हुने, विपद्का समयमा खोज तथा उद्धार कार्यमा सहजीकरण हुने, नेपाल बसाइका क्रममा हुन सक्ने अवाञ्छित क्रियाकलापको निगरानी तथा अपराध अनुसन्धानलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

महानिर्देशक तिवारीका अनुसार, उक्त प्रणालीले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा सुरक्षित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

यो समाचारमा

काठमाडौँओमप्रकाश अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...