युएई र अस्ट्रेलियामा आतसबाजीसहित नयाँ वर्ष २०२६ को भव्य स्वागत

Author

सजिलो पत्रिका

२०८२ पुस १७, बिहिबार

28
Share
Featured
  • युएई र अस्ट्रेलियाले २०२६ नयाँ वर्ष भव्य बत्ती, ड्रोन शो र आतसबाजी प्रदर्शनसहित स्वागत गरे।
  • दुबईको बुर्ज खलिफामा बहुभाषिक सन्देश, थ्रीडी प्रोजेक्सन र आठ मिनेटको विशेष कार्यक्रम प्रस्तुत गरियो।
  • सिड्नीमा हार्बर ब्रिज र ओपेरा हाउस आसपास दुई चरणमा विशाल आतसबाजी गर्दै लाखौँ दर्शकले उत्सव मनाए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


संयुक्त अरब इमिरेट्स (युएई) र अष्ट्रेलियाले २०२६ नयाँ वर्षलाई भव्य बत्ती र आतसबाजी प्रदर्शनसहित स्वागत गरेका छन् । जनवरी १ को मध्यरातमा विश्वप्रसिद्ध स्थलहरूमा गरिएको आकर्षक उत्सवले आकाश उज्यालो बनाएको देखिएको थियो ।

युएईको दुबईस्थित ८२८ मिटर अग्लो बुर्ज खलिफाले नयाँ वर्षको अवसरमा विशेष आकर्षण प्रस्तुत ग-यो । मध्यरातको काउन्टडाउनसँगै टावरका एलईडी स्क्रिनहरूमा अरबी, अंग्रेजी र चिनियाँ भाषामा ‘ह्याप्पी न्यु इयर’ सन्देश झल्काइएको थियो ।

करिब आठ मिनेट लामो यस दृश्यात्मक कार्यक्रममा ड्रोन प्रदर्शन र थ्रीडी प्रोजेक्सन म्यापिङमार्फत दुबईको सांस्कृतिक सम्पदा र अत्याधुनिक प्रविधिको झलक प्रस्तुत गरिएको थियो ।

स्थानीय प्रशासनका अनुसार यस वर्ष पहिलो पटक डाउनटाउन दुबईमा नयाँ वर्षको उत्सव आठ दिनसम्म विस्तार गरिएको छ । डिसेम्बर ३१, २०२५ देखि जनवरी ७, २०२६ सम्म विभिन्न कार्यक्रमहरू आयोजना गरिने जनाइएको छ ।

यसैबीच, अस्ट्रेलियाले पनि सिड्नीमा भव्य आतसबाजीसहित नयाँ वर्षको स्वागत गरेको छ । समुद्री किनारमा आयोजित कार्यक्रममा विश्वभरबाट आएका लाखौं दर्शकहरू सहभागी भएका थिए ।

सिड्नीमा दुई चरणमा आतसबाजी प्रदर्शन गरिएको थियो । पहिलो चरणमा राति ९ बजे आठ मिनेटको र दोस्रो चरणमा मध्यरातमा १२ मिनेटको आतसबाजी गरिएको थियो ।

सिड्नी हार्बर ब्रिज र ओपेरा हाउससहितका प्रमुख स्थलहरूबाट पानी, जमिन र आकाशबाट आतसबाजी प्रक्षेपण गरिएको थियो । करिब सात किलोमिटर क्षेत्रफलमा फैलिएको यस प्रदर्शनमा ४० हजारभन्दा बढी विभिन्न आतसबाजी प्रभावहरू देखाइएको थियो ।

दक्षिणी गोलार्धको यस शहरमा प्रत्येक वर्ष आयोजना हुने नयाँ वर्षको उत्सव विश्वकै सबैभन्दा भव्य कार्यक्रममध्ये एक मानिन्छ । बुधबार नै विश्वका विभिन्न देशबाट आएका मानिसहरू परिवार र साथीहरूसँग नयाँ वर्षको विशेष क्षण साझा गर्न अवलोकन स्थलहरूमा समयअघि नै पुगेका थिए ।

अस्ट्रेलियामा कार्यरत इस्टोनियाका नागरिक हेन्ड्रिकले भने, ‘हामी साथीहरूसँग समय बिताउँछौं, किनकि सबै आ–आफ्नो परिवारबाट टाढा छौं, नत्र एक्लोपन महसुस हुन सक्छ ।’

यस्तै, जर्मनीबाट आएका पर्यटक अट्टियान्सले भने, ‘मेरो नयाँ वर्षको चाहना मेरी श्रीमती पूर्ण रूपमा स्वस्थ होऊन भन्ने हो, किनकि म भने अहिले लगभग स्वस्थ भइसकेको छु ।’

यो समाचारमा

संयुक्त अरब इमिरेट्सजर्मनीअष्ट्रेलियाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    इरान वार्तामा नआए विद्युत केन्द्र र रणनीतिक पुलहरू ध्वस्त पार्ने ट्रम्पको कडा चेतावनी

    एजेन्सी । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मंगलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । साथै, इरानी बन्दरगाहतर्फ आउने-जाने जहाजहरू रोक्ने उद्देश्यसहित नौसैनिक नाकाबन्दी पुनः लागू गरेपछि वासिङ्टन र तेहरानबीचको तनाव थप चुलिएको छ । इरानी पक्षले यस कदमले युद्धविराम तथा शान्ति वार्ताका लागि भएको

    Data is loading...

    Loading brands...

    Loading footer...