बागमती मन्त्रिपरिषद् बैठक : दुई समिति गठन आदेश पारित, विपन्न नागरिकका लागि रक्तसञ्चार कार्यविधि स्वीकृत

Author

सजिलो पत्रिका

२०८२ पुस १७, बिहिबार

24
Share
Featured
  • बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले नव बुद्धपार्क क्षेत्र विकास समिति र त्रिभुवन पार्क सञ्चालन तथा व्यवस्थापन समिति गठनसम्बन्धी आदेश पारित गरेको छ।
  • सवारी साधनसम्बन्धी केही दस्तुर, कर र जरिवानामा छुट दिने तथा विपन्न नागरिकका लागि आकस्मिक उपचारमा सहजीकरण गर्ने रक्तसञ्चार कार्यविधि स्वीकृत गरिएको छ।
  • रामेछापको सुनापारी गाउँपालिका–४ को वडा विभाजन प्रस्ताव, सचिव पदस्थापन र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारीहरूको राजीनामा स्वीकृत गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सोमबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले दुई वटा समिति गठन आदेशलाई पारित गरेको छ।

बैठकले नव बुद्धपार्क क्षेत्र विकास समिति तथा त्रिभुवन पार्क सञ्चालन तथा व्यवस्थापन समिति गठनसम्बन्धी आदेश स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए ।

बैठकले प्रदेशभित्र सञ्चालनमा रहेका सवारी साधनसँग सम्बन्धित केही दस्तुर, कर तथा जरिवानामा छुट दिने निर्णय समेत गरेको छ । यस निर्णयले सवारी धनीलाई राहत पुग्ने विश्वास लिइएको छ।

त्यसैगरी बैठकले प्रदेशका विपन्न नागरिकलाई आकस्मिक उपचार सेवामा सहजीकरण गर्ने उद्देश्यसहित रक्तसञ्चार सञ्चालनसम्बन्धी कार्यविधि पनि पारित गरेको प्रवक्ता तामाङले बताए ।

मन्त्रिपरिषद् बैठकबाट रामेछाप जिल्लाको सुनापारी गाउँपालिका–४ को वडा विभाजनसम्बन्धी प्रस्तावलाई स्वीकृति प्रदान गरिएको छ । साथै बागमती प्रदेश मन्त्रिपरिषद् कार्यालयमा जीवराज बस्याल र गीता हुमागाईलाई सचिव पदमा पदस्थापन गर्ने निर्णय गरिएको छ।

यसैगरी बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष प्रभात अधिकारी तथा सदस्यद्वय यतिराज सापकोटा र यज्ञराज दाहालले बुझाएको राजीनामा स्वीकृत गरेको पनि सरकारका प्रवक्ता तामाङले जानकारी दिए ।

यो समाचारमा

काठमाडौँबागमती प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...