झलनाथ खनालको गम्भीर आरोप: 'नेपाललाई युक्रेन बनाउने षड्यन्त्र हुँदैछ'

Author

सजिलो पत्रिका

२०८२ पुस १७, बिहिबार

31
Share
Featured
  • पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाललाई ‘युक्रेन’ बनाउने योजनाबद्ध प्रयास भइरहेको आरोप लगाएका छन्, जसमा अन्तर्राष्ट्रिय शक्ति र देशभित्रका उनीहरूको सहयोगीहरू संलग्न रहेको बताए।
  • उनले विदेशी पैसा र प्रलोभनमा परेर नेता र पार्टीहरूले मुलुकविरुद्ध दुष्प्रचार गरी हिंसा र विध्वंसतर्फ धकेल्ने प्रयास भइरहेको बताए।
  • खनालले निर्वाचन पूर्वाधार अझै तयार नभएको र संविधान संशोधन, सामाजिक–आर्थिक सुधार, राष्ट्रियता सुदृढीकरण, सुशासन र रोजगारी सिर्जनाका ज्वलन्त सवालहरू समाधान गर्न निर्वाचन आवश्यक भएको बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले नेपाललाई 'युक्रेन' बनाउने योजनाबद्ध प्रयास भइरहेको गम्भीर आरोप लगाएका छन् । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

खनालले भने, “अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र देश भित्रका उनीहरूका दलालहरू नेपाललाई ‘युक्रेन’ बनाउन योजनाबद्ध ढंगले लागेका छन् ।” उनले विदेशी पैसा र प्रलोभनमा परेर नेता, पार्टी र देशविरुद्ध दुष्प्रचार गरी मुलुकलाई हिंसा र विध्वंसतिर लैजान खोजिएको आरोप लगाए ।

नेता खनालले निर्वाचनको विकल्प नभए पनि शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्ने पूर्वाधार अझै तयार भइनसकेको बताए ।

उनले निर्वाचनसँगै संविधान परिमार्जन, सामाजिक-आर्थिक रूपान्तरण, राष्ट्रियताको सुदृढीकरण, सुशासन र रोजगारी सिर्जना जस्ता ज्वलन्त सवालहरू समाधान गर्नुपर्नेमा जोड दिए । यस्ता सवालहरूलाई सम्बोधन गर्ने ठोस योजनासहितको निर्वाचनले मात्र देशलाई समाजवादतर्फ लैजाने बाटो खोल्न सक्ने उनको भनाइ छ ।

यो समाचारमा

नेपाली कम्युनिष्ट पार्टीकाठमाडौँझलनाथ खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...