राष्ट्रियसभा निर्वाचन: विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना, यस्तो छ कार्यतालिका

Author

सजिलो पत्रिका

२०८२ पुस १७, बिहिबार

27
Share
Featured
  • राष्ट्रियसभा सदस्य निर्वाचनका लागि विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ, जसको शुभारम्भ मोरङ जिल्ला अदालतका मुख्य न्यायाधीश भीष्मराज प्रसाईँले गरेका छन्।
  • निर्वाचन कार्यतालिकाअनुसार पुस १९ गते मतदाता नामावली प्रकाशनदेखि पुस २८ गते निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम तय गरिएको छ।
  • माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ, जहाँ कोशी प्रदेशबाट महिला, दलित र अन्य समूहबाट एक–एक गरी तीन जना राष्ट्रियसभा सदस्य निर्वाचित हुनेछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बुधबार मोरङ जिल्ला अदालतका मुख्य न्यायाधीश भीष्मराज प्रसाईँले कार्यालयको शुभारम्भ गरेका हुन् ।

निर्वाचन आयोगको कोशी प्रदेश कार्यालयमा स्थापना गरिएको उक्त कार्यालयले निर्वाचनसम्बन्धी सम्पूर्ण कामकारबाही अघि बढाउनेछ ।

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार, पुस १९ गते मतदाता नामावली प्रकाशन, पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता, पुस २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र पुस २८ गते निर्वाचन चिह्न प्रदान गरिनेछ ।

माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । कोशी प्रदेशबाट महिला, दलित र अन्य समूहबाट एक-एक गरी कुल तीन जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुन लागेको हो ।

यो समाचारमा

राष्ट्रिय सभाकाठमाडौँमोरङकोशी प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...