शान्तिको लागि स्थिर र बलियो सरकार आवश्यक : मन्त्री सिन्हा

Author

सजिलो पत्रिका

२०८२ पुस १६, बुधबार

32
Share
Featured

काठमाडौँ

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले पार्टीहरुबीच अन्तर सम्बन्ध राखेर स्थिर सरकार र जनताको लागि सरकार बनाउनु पर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले विकासको लागि स्थिर सरकार आवश्यक भएको भन्दै त्यसको लागि एउटा पार्टीले सक्दैँन भने मिलेर सरकार बनाउने हो भने त्यसले समृद्धिको बाटो तिव्र बनाउने बताए ।

उनले भने, ‘शान्ति चाहिएको छ र शान्ति कसरी चाहियो भनेर भन्ने हो भने शान्तिको लागि स्थिर सरकार र बलियो सरकार चाहिन्छ । यसले मात्र शान्ति ल्याउन सक्ने अवस्था छ । एउटा पार्टीले यदि सरकार बनाउन सक्दैँन भने पनि आफूबीचमा एउटा अन्तर सम्बन्ध राखेर, सहकार्य राखेर स्थिर सरकार बनाउने हो भने र सरकारमा बस्ने व्यक्तिको लागि होईन जनताको लागि सरकार बनाउने हो भने त्यसले अझ दिगो शान्ति दिन्छ र स्थायित्व पनि दिन्छ । समृद्धिको बाटो तिव्र हुन्छ ।’

यस्तै, उनले आफ्नो पुस्ताको लागि यो अन्तिम अवसर भएको भन्दै यदि पुन देश समस्या र अशान्तिमा जाने हो भने यो देशले कहिले पनि निकास पाउन नसक्ने बताए ।

यो समाचारमा

काठमाडौँअनिलकुमार सिन्हा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...