औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गर्न खास नीति लिनुपर्छ : बाबुराम भट्टराई

Author

सजिलो पत्रिका

२०८२ पुस १६, बुधबार

39
Share
Featured
  • नेसपा (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले ६० प्रतिशत जनसंख्या कृषि क्षेत्रमा संलग्न रहेको देश विकसित नहुने भन्दै अर्थतन्त्रको संरचनात्मक परिवर्तन आवश्यक रहेको बताए।
  • उनले नेपाली समाज र विश्वको विकास अवस्थालाई तुलना गर्दै नेपाल अझै धेरै पछाडि रहेकाले कृषिप्रधान अर्थतन्त्रलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गर्न चरणबद्ध र स्पष्ट नीति चाहिने उल्लेख गरे।
  • राज्य, निजी क्षेत्र र सामुदायिक क्षेत्रबीच सहकार्य गरेर ठोस नीति बनाएर अघि बढ्न सके मुलुकले ठूलो फड्को मार्न सक्ने उनको धारणा थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले कृषिप्रधान अर्थतन्त्रलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गर्न खास नीति लिनुपर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले ६० प्रतिशत जनसंख्या कृषि क्षेत्रमा लागेको देश विकसित भएको तथ्य नभएको भन्दै यसलाई परिवर्तन गर्नको लागि कृषिप्रधान अर्थतन्त्रलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गर्नुपर्ने बताए ।

उनले भने, ‘हामीले कुनै पनि कुरालाई देश कालको सापेक्षतामा हेर्नुपर्छ । नेपाली समाज अहिले कुन चरणमा छ । विश्व कुन ठाँउमा छ । हामी अहिले पनि अरुभन्दा झण्डै सय वर्ष पछाडि परिसकेका छौँ । कुनै पनि देशको ६० प्रतिशत जनसंख्या कृषि क्षेत्रमा लागेको देश विकसित भएको कतै छ, छैन । यसलाई परिवर्तन गर्नको लागि हाम्रो कृषिप्रधान जुन अर्थतन्त्र हो यसलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गर्नको लागि खास चरणमा खास नीतिहरु लिनुपर्छ ।’

यस्तै, उनले राज्य, निजी क्षेत्र र सामुदायिक क्षेत्रको सहकार्यले यस्तो अवस्थामा स्पष्ट नीति बनाएर अगाडि बढ्न सक्यो भने फड्को हान्न सकिन्छ कि भन्ने पनि बताए ।

यो समाचारमा

बाबुराम भट्टराईनेपाल समाजवादी पार्टीकाठमाडौँनेपाल उद्योग वाणिज्य महासंघ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...